शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन प्रदेश क्षेत्र निर्वाचनमा आक्रमण, उम्मेदवारको नाक भाँचियो

कांग्रेस महाधिवेशन प्रदेश क्षेत्र निर्वाचनमा आक्रमण, उम्मेदवारको नाक भाँचियो

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको मतगणना भइरहेको बेला रुपन्देहीमा आक्रमण भएको छ। आक्रमण परि एक जना उम्मेदवारसहित पाँच जना घाइते भएका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

बुटवल- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको मतगणना भइरहेको बेला रुपन्देहीमा आक्रमण भएको छ। आक्रमण परि एक जना उम्मेदवारसहित पाँच जना  घाइते भएका छन्। 

रुपन्देही प्रदेश ३ (क) को मतगणना स्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा एकजना उम्मेदवार सहित पाँच जना घाइते भएका हुन्। 

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पूरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनरेटर बन्द गराउँदै आएका एक हुल युवाहरूले मतगणना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको कांग्रेस नेता मातृका यादवले बताए। उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र सचिव पदका उम्मेदवार शैलेश पन्तको नाक भाँचिएको छ। पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। 

आक्रमण भएपछि मतगणना स्थगित भएको छ। दुई गुटमा विभाजित भएर उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो।

मतगणनामा हार्ने निश्चित भएपछि देउवा पक्ष तथा गृहमन्त्री बालकृष्ण खाण समर्थकहरूले आक्रमण गरेको पौडेल पक्षले आरोप लगाएका छन्। प्रहरीले भने घटना भएको तर, त्यसबारे विस्तृत जानकारी नभएको बताएको छ।

प्रकाशित: Nov 20, 2021| 08:20 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...