शनिबार, माघ ३, २०८२

ए डिभिजन लिगमा आज दुई खेल : थ्रिस्टार र च्यासलमा टक्कर

नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वसस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं– नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वसस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ।

National life

हिमालयन शेर्पा आजको खेलमा जित निकाल्दै लिगको सुखद सुरुआत गर्न चाहन्छ। यता संकटा क्लबको पनि योजना भने त्यही नै हुनेछ।

संकटा क्लबका प्रशिक्षक विष्णु गुरुङ  अरू टिमले जस्तै आफ्नो टिमको तयारी पनि उच्च रहेको बताउँछन्। उनी भन्छन्, ‘समग्रमा सबैले दह्रो तयारी गरेका छन्। हामीले पनि धेरै तयारी गर्‍यौँ। लक्ष्य भनेको बिस्तारै निर्धारण गर्छौ।’

उनले आफ्ना खेलाडी लामो समयबाट परिचित र एकअर्काको खेल भावना बुझ्न सक्ने भएकाले लिगमा तालमेलको समस्या नहुने र सुरुबाटै फर्ममा खेल्ने बताएका छन्।

त्यस्तै क्लबका कप्तान रबी सिलवाल छोटो समयमा पनि प्रदर्शनमा ध्यान दिएर तयारी गरेको बताउँछन्। भन्छन्, ‘संंकटाले आफ्नै मैदानमा अभ्यास गर्दा हामीले होस्टेलमा पनि राम्रो वातावरण पायौँ। यो वर्ष राम्रो हुन्छ।’

Laxmi sunrise bank
kumari

यता हिमालयन शेर्पा लेलिगेसनबाट बच्ने दाउमा लिगमा खेल्दैछ। तर उसले लिग अघि बेलबारी गोल्डकप खेलेर तयारी थप मजबुत बनाएको छ। शेर्पाका प्रशिक्षक युगल किशोर राई जस्तो आए पनि धैर्यता नगुमाईकन खेल्ने पनि बताएका छन्। उनले छैटौं चरणमा पुगेपछि मात्र आफ्नो सम्भावित पोजिसनबारे थाहा पाउने सकिने पनि बताएका छन्।

‘मैल टिमलाई कहाँसम्म पुर्‍याउने भन्दा पनि खेलाडीमा प्यासनको जरुरी हुन्छ,’ उनले लक्ष्यबारे भने, ‘फुटबलमा स्टिम र स्पिरिट ल्याउने हाम्रो लक्ष्य हो। हामीले सिस्टम अवलम्बन गरेको खण्डमा लक्ष्य प्राप्ति गर्ने हो।’

आजकै दोस्रो खेल भने दिउँसो पौन ५ बजेबाट सुरु हुनेछ। दशरथ रंगथशालामै आज फ्लड लाइटमा खेल्न पाउने अवसर च्यासल र थ्रि स्टारस क्लबले पाउनेछन्। उसो त राष्ट्रिय टिमका खेलाडीको पनि उल्लेख्य उपस्थिति रहेको थ्रिस्टारका लक्ष्य भनेको उपाधि जित्नु नै हो।

तर क्लबलाई सबै तिरबाट व्यवस्थापन गर्दै आएको च्यासल पनि पहिलो खेलमा जित निकाल्ने दाउमा छ। त्यसै मेसोमा उसले लगातार तीन उपाधि जितेका बिराज महर्जनलाई आफ्नो टिमको कप्तानी सुम्पिएको छ।

च्यासलका प्रशिक्षक बालगोपल साहुखला आफ्नो टिम युवा भए पनि फुटबलको सिद्धान्तमा रहेर खेलाउने बताउँछन्। उनी भन्छन्, ‘वास्तवमा भन्नुपर्दा हामी टिम विल्डअप गरिरहेका छौं। त्यसमा विराजको उपस्थितिले टिमको आशा उच्च छ। प्रदर्शन पनि राम्रो भइरहेको छ। युवा भएकाले केही पार्टमा चुक्न भने सक्छौं।’

विदेशी खेलाडीमा दुई अफ्रिकन एक इटालियन खेलाडी छन्। विकास मेराग्लियाको नेपाली खेलाडीसँगको वार्तालाप राम्रो बन्दै जाँदैछ। तर उनको प्रदर्शन अनुमान लगाउन सकिने खालको छैन। उनी सिक्दै छन्।

त्यस्तै क्लबका कप्तान बिराज महर्जन मछिन्द्रबाट च्यासलमा पुगेका हुन्। उनी युवा टिमलाई औसत बताउँछन्। भन्छन्, ‘यो वर्ष पनि च्यासल औसत टिम छ। चुनौतीपूर्ण रूपमा काम गरिरहेका छौं।’

यता थ्रि स्टार भने आजकै खेलबाट जित निकालेर माथि अघि बढ्न चाहन्छ। क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ अब खेलमै आइसकेकाले च्याम्पियन बन्नकै लागि फाइट गर्ने बताउँछन्। उनी भन्छन्, ‘सबै टप छन्। सबै टिम प्रतियोगी नै हुन्। राम्रा छन्। को कस्तो भन्ने खेल हेरेपछि मात्र थाहा हुन्छ।’

त्यस्तै, टिमका कप्तान विक्रम लामा आफ्नो टिम टेक्निकल्ली र ट्याक्टिकल्ली राम्रो भएको बताउँछन्। भन्छन्, ‘उत्कृष्ट रणनीति बनाएर मैदानमा आउने छौं। साढे एक महिनाका तयारीले टिमलाई एउटा लय दिएको छ।’

प्रकाशित: Nov 20, 2021| 08:05 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।