शुक्रबार, भदौ ५, २०८३

सरकारले चाँडै लालपुर्जा दिन्छ : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा सांसद मेटमणि चौधरीले अव्यवस्थित बसोबासीले चाँडै लालपुर्जा पाउने बताएका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

बुटवल– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा सांसद मेटमणि चौधरीले अव्यवस्थित बसोबासीले चाँडै लालपुर्जा पाउने बताएका छन्। शुक्रबार नवलपरासी (पश्चिम)को बर्दघाट पञ्चनगरमा स्थानीयले आयोजना गरेको कार्यक्रममा सासंद चौधरीले लालपुर्जा विहीन नागरिकले लालपुर्जा पाउनुपर्ने बताएका हुन्।

नवलपरासीको बर्दघाट नगरपालिका पञ्चनगरमा बसोबास गर्दै आएका नागरिकले लालपुर्जा नपाउनु दुखद भएको भन्दै उनले यहाँका नागरिकलाई छिटोभन्दा छिटो लालपुर्जा दिलाउन आफू लाग्ने बताए। 

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका नेता चौधरीले ६ महिनाभित्र नेपालका करिब १३ हजार अव्यवस्थित बसोबास गरेका नागरिकलाई लालपुर्जा दिलाउन आफूहरू लडिरहेको बताए। 

‘कम्युनिस्ट पाटीलाई जनताका आवश्यकता पूरा नगर्ने सर्तमा सरकारमा बस्ने अधिकार छैन,’ उनले भने। उनले सरकारमा आफ्नो पार्टीकी रामकुमारी झाक्रिले सहरी विकास मन्त्रालयको जिम्मेवारी समालेकाले अव्यवस्थित बस्तीका नागरिकले छिट्टै लालपुर्जा पाउने दाबी गरेका हुन्। 

उनले विभागीय मन्त्रीसँग छलफल भइरहेको र निकास निकाल्ने जिम्मेवारीसमेत आफूलाई प्राप्त भएको भन्दै पञ्चनगरलगायत १३ हजार अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउने बताएका छन्।

प्रकाशित: Nov 20, 2021| 06:59 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...