शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशलाई बारको जवाफ- वार्ताका नाममा जालझेल छाडेर राजीनामा दिनूस्

प्रधानन्यायाधीशलाई बारको जवाफ- वार्ताका नाममा जालझेल छाडेर राजीनामा दिनूस्

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वार्ताका लागि गरेको प्रस्तावलाई नेपाल बार एशोसिएसनले अस्वीकार गरेको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वार्ताका लागि गरेको प्रस्तावलाई नेपाल बार एशोसिएसनले अस्वीकार गरेको छ। 

जबराले वार्तामा आउन आग्रह गर्दै शुक्रबार दिउँसो बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएका थिए। सो पत्रको जवाफ दिँदै बारले वार्ताका नाममा जालझेल गर्न छाडेर राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेको हो।

यस्तै शुक्रबार बसेको बारको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। आइतबार देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। उनका अनुसार सोमबार संसदमा प्रतिनिधित्व गर्ने दललाई ज्ञापनपत्र र प्रधानन्यायाधीश जबरामाथिको आरोपपत्र बुझाइनेछ।

मंगलबार कानून व्यवसायीहरुले देशभरका अदालतमा कुनै पनि मुद्दा दर्ता नगरी सांकेतिक विरोध गर्नेछन्। तर हदम्यादको अन्तिम दिन भएका मुद्दा भने दर्ता गर्न छुट दिने निर्णय भएको छ।

बुधबार केन्द्रीय बारबाट प्रतिनिधि पठाई उच्च अदालत केन्द्रित धर्ना हुनेछ भने बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित धर्ना हुनेछ।

साथै सर्वोच्च अदालतमा प्रदर्शनलाई निरन्तरता दिने बार एशोसिएसनले बताएको छ।

प्रकाशित: Nov 19, 2021| 21:38 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...