शुक्रबार, भदौ ५, २०८३

सर्वोच्चका न्यायाधीश फर्किए इजलास, सबैखाले मुद्दाको सुनुवाइ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेपछि इजलास बसेका हुन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- सर्वोच्च अदालतमा शुक्रबार अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेपछि इजलास बसेका हुन्।

दश वटा इजलासमा नौ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो। न्यायाधीश नहकुल सुवेदीको एकल इजलास बसेको छैन। बाँकी सबै इजलासमा सुनुवाइ भएको छ।

न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, न्यायाधीशहरु मीरा खड्का र सुष्मालता माथेमा, न्यायाधीशहरु हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र टङ्कबहादुर मोक्तान, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मी, न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना मल्ल, न्यायाधीशहरू बमकुमार श्रेष्ठ र डा मनोजकुमार शर्मा तथा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासमा सुनुवाइ गरेका हुन्।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका हुन्। 

गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए। सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो। 

अदालतमा मुद्दाको चापअनुसार नियमतिरूपमा बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए तर आजदेखि न्यायाधीश काममा फर्किएका हुन्। 

प्रकाशित: Nov 19, 2021| 21:05 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...