शुक्रबार, भदौ ५, २०८३

ओली सर्वसम्मत अध्यक्ष बन्नहुन्छ : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको आगामी महाधिवेशनले पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन्। भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिमा भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन्। 

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहेको तर्कसमेत गरेका थिए।

‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ। त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ। मिसन के छ भने एमाले यस पटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने। किनकि हामीले आठौं र नवौंमा खुला चुनाव गर्‍यौं,' उनले थपे, 'खुल्ला चुनाव हुँदा पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो। समूहबन्दीको अवस्था ल्या । पार्टी विभाजनसम्म हामी भोगी राखेका छौं। यो तितो अनुभवबाट शिक्षा लिँदै यस पटक हाम्रो जोड छ कि– पार्टीमा सहमतीका साथ नेतृत्व चयन गर्ने।' यद्यपि उनले हरेक मान्छेले आफूले चाहेको ठाउँमा प्रतिस्पर्धा गर्न पाउने र त्यसमा बन्देज नहुने उल्लेख गरेका थिए। 

सचिव भट्टराईले पार्टीमा समूहबन्दीको अवस्था आउन नदिन पनि सहमतीमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताएका थिए। 

सचिव भट्टराईले पार्टी भित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए। 

प्रकाशित: Nov 19, 2021| 18:50 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...