शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ३७ वर्षमा ज्वालाको चमक घटिसक्यो भन्दै डिबिलियर्सले लिए क्रिकेटबाट संन्यास

३७ वर्षमा ज्वालाको चमक घटिसक्यो भन्दै डिबिलियर्सले लिए क्रिकेटबाट संन्यास

दक्षिणअफ्रिका चर्चित क्रिकेटर एबी डिबिलिर्यले सबै फम्र्याटका क्रिकेटबाट संन्यास लिएका छन्। उनले आज क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं– दक्षिणअफ्रिका चर्चित क्रिकेटर एबी डिबिलिर्यले सबै फम्र्याटका क्रिकेटबाट संन्यास लिएका छन्। उनले आज क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

National life

‘यो मेरो निकै अविश्वसनीय क्रिकेट यात्रा रह्यो। तर, मैले अब सबै क्रिकेटबा संन्यास लिने निर्णय गरेको छु,’ उनले आफ्ना सबै समाजिक सञ्जाल एकाउन्टमा लेखेका छन्।

उनले लेखेका छन, ‘दाईहरूसँग पछाडीको आगनमा खेल्दादेखि नै मैले पुरा रोमाञ्चकताका साथ र शुद्धताका साथ खेलेँ। र, अहिले ३७ वर्षको उमेरमा ज्वाला अब पहिलेको जस्तो चमकका साथ बल्न सक्दैन।’

उनले आफ्नो परिवारको त्यागको कारणले नै आफ्नो खेल जिवन सोचेजस्तो भएका बताएका छन्। त्यसैले संन्यासको क्रममा उनले आफ्ना आमाबाबु, दाजुभाइरु, श्रीमति र सन्तानलाई सम्झिएका छन्।

त्यसैले अब जिवनका हेरक क्षणमा आफ्नो परिवारलाई पहिलो प्राथमिकता दिने बताएका छन्। त्यस्तै संन्यासको समयमा उनले आफ्नो टिममेट, सबै विपक्षी टिमका खेलाडी, प्रशिक्षक, फिजियो र स्टाफलाई पनि धन्यवाद दिए।

Laxmi sunrise bank
kumari

त्यसैले उनले विश्वका जुनसुकै ठाउँमा खेले पनि समर्थकको उत्साहले जिवनमा खुसी रहन सहयोग गरेको बताएका छन्। उनले क्रिकेटप्रति सँधै गौरवान्वित रहने र दक्षिणअफ्रिकाको टिमबाहेक टाइटन, आसरीबीमा पनि कल्पना गर्न नसकिने समय विताएको चर्चा संन्यास घोषणाका क्रममा गरे।

प्रकाशित: Nov 19, 2021| 13:41 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।