शनिबार, माघ ३, २०८२

नेपाली महिला टिमले भारतमा हुने 'फोर नेसन्स कप' खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले आउँदो डिसेम्बरमा फोर नेसन्स कप खेल्ने भएको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले आउँदो डिसेम्बरमा फोर नेसन्स कप खेल्ने भएको छ। छिमेकी मुलुक भारतले आयोजना गर्न लागेको फोर नेसन्स कपमा नेपालले खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको हो।

National life

‘प्रतियोगिता आगामी डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ,’ एन्फाले सूचनामा भनेको छ। नेपाली राष्ट्रि फुटबल टिमले पछिल्लो समय फिलिपिन्स र हङकङसँग एसियन कप छनोट खेलेको थियो। सो छनोटको दुवै खेलमा हार बेहोरेपछि नेपाल बाहिरिएको थियो।

यता इन्डियन टिमले आफ्नो देशको प्रतियोगिता खेल्नुअघि ब्राजिलमा हुने अर्को फोर नेसन्स कप खेल्नेछ। इन्डियन महिला टिमले त्यहाँ ब्राजिलसहित चिली र भेनेजुएलाको राष्ट्रिय महिला टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।

भारतले पहिलो पटक ब्राजिलसँग खेल्न लागेको हो। एसियन कप खेल्न गइरहेको भारतले त्यसपछि स्वदेशी भूमिमा फोर नेसन्स कप आयोजना गरेको हो। एएफसी एसियन कप महिला फुटबल अर्को वर्ष भारतमा हुनेछ।

प्रकाशित: Nov 19, 2021| 11:35 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।