बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड संक्रमण साउनमै 'पिक'मा पुग्ने सरकारी प्रक्षेपण

कोभिड संक्रमण साउनमै 'पिक'मा पुग्ने सरकारी प्रक्षेपण

सरकारले आगामी पाँच महिनामा कोरोना संक्रमणको अवस्थाको प्रक्षेपण गरेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– सरकारले आगामी पाँच महिनामा कोरोना संक्रमणको अवस्थाको प्रक्षेपण गरेको छ। बिहीबार प्रतिनिधिसभा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले गरेको प्रक्षेपण प्रस्तुत गरिएको थियो। 

प्रक्षेपणअनुसार अबको ५ महिनामा झण्डै २ लाख कोरोना संक्रमित थपिनेछन्। सबैभन्दा धेरै साउनमा हुने र त्यसपछि विस्तारै घट्दै जाने मन्त्रालयको प्रक्षेपण छ। तथ्यांक प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले ५ महिनामा १ लाख ९३ हजार ८५६ जना कोरोना संक्रमित थपिने बताए। 

उनका अनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना कोरोना संक्रमित थपिनेछन्। 

उनीहरुमध्ये ९ हजार ६९३ जना गम्भिर बिरामी हुने र उनीहरुलाई संघन उपचार आवश्यक पर्ने  मन्त्रालयको प्रक्षेपण छ भने ३८ हजार ७७१ जनालाई उपचार सेवा आवश्यक पर्नेछ।  



प्रकाशित: Aug 05, 2021| 13:19 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।