शुक्रबार, भदौ ५, २०८३

सर्‍यो राप्रपा महाधिवेशन, ७६ जिल्ला अधिवेशन सम्पन्न

अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सरेको छ। मङ्सिर ११-१३ मा गर्ने भनिएको महाधिवेशन सारेर मंसिर १६ देखि १८ गतेसम्म गर्ने निर्णय राप्रपाले गरेको छ। महाधिवेशन काठमाडौँमा हुनेछ। 

अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए। 

विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ भने अन्तरिम विधानलाई संशोधन गरी नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ।

अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एक लाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ। सक्रिय सदस्य थप हुने क्रम जारी छ।

प्रकाशित: Nov 18, 2021| 20:51 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...