आइतबार, असार २१, २०८३

टी-२० सिरिजमा कतारविरुद्ध नेपालको 'क्लिन स्विप'

टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै ३ विकेट गुमाएर १६४ रन बनाएर १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- कतारमा भर्खरै सम्पन्न ३ खेलको टी२० आई सिरिज नेपालले क्लिन स्विप गरेको छ। बिहीबार सम्पन्न तेस्रो खेलमा आयोजक कतारलाई १०९ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो।

टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै ३ विकेट गुमाएर १६४ रन बनाएर १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा कतार २० ओभर खेलेर ७ विकेट गुमाउँदै ५५ रनमा समेटिएपछी नेपालले १०९ रनको जित निकालेको हो। नेपालका लागि ओपनर ब्याट्सवुमन सीता राना मगरले अबिजित ८२ रन बनाइन। उनले ७२ बलमा ७ चौकाको सहयोगमा सो रन जोडेकी हुन्।

त्यस्तै, ज्योति पाण्डेले २४ र सरिता मगरले १७ रन जोडिन्। डली भट्टले पनि १२ रनको योगदान दिइन्।कतारका लागि एन्जिलिने मारी, साची धाद्वाल र आइसाले समान १-१ विकेट गिराए।

कतारकी एलिना खानले १९ र आइसाले १३ रन जोडेका थिए। नेपालले ७ रन अतिरिक्त प्रदान गरेको खेलमा नेपालका लागि ३ ओभर बलिङ गरेकी सबनम राईले २ मेडन राख्दै १ विकेट गिराइन्। सरस्वती कुमारी र रुविना क्षेत्रीले पनि समान १-१ विकेट लिए। कतारका ४ खेलाडी रनआउट भए।

आईसीसी टी-२० विश्वकप २०२३ को एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँगको ३ अभ्यास खेल खेलेको थियो। जसमा सिरिजको पहिलो र दोस्रो खेलमा जित निकालेको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले हराएको थियो। त्यस्तै, टस जितेर ब्याटिङ राजेको नेपालले कतारलाई ६१ रनले हराएको थियो।

जारी सिरिजमा नेपालका इन्दु वर्मा, सीता राना मगर र कप्तान रुविना क्षेत्रीले पहिलो पटक अन्तर्राष्ट्रिय टी २० आईमा अर्धशतक बनाए।

प्रकाशित: Nov 18, 2021| 20:16 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।