मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले प्रतिनिधिमा नछानिएपछि रानाथारु नेता भन्छन्- समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरियो

एमाले प्रतिनिधिमा नछानिएपछि रानाथारु नेता भन्छन्- समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरियो

उनले नेकपा एमालेले रानाथारुलाई भोटबैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि छनोटको समयमा आफूलाई बाइपास गरेपछि कञ्‍चनपुर इन्चार्ज निरुदेवी पाल, अध्यक्ष बीरबहादुर थापा र सचिव सुरेन्द्र विष्टले मोबाइल अफ गरेकोमा आपत्ति प्रकट गरेका छन्। पाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको 'किचेन क्याबिनेट' कै व्यक्ति हुन्।
 |  बिहीबार, मंसिर २, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

vianetvianet

काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिमा कञ्‍चनपुरबाट आदिवासी जनजातिको उपस्थिति शून्य पारिएको छ। 

triton college

नेपाल सरकारले नै २०७६ सालमा रानाथारुलाई आदिवासी जनजातिको रुपमा पहिचान गरिसकेको अवस्थामा समावेशीको नारा लगाउने नेकपा एमालेले अपमानित हुने गरी प्रतिनिधि छनोट गरेको प्रदेश कमिटी सदस्यसमेत रहेका संविधानसभा सदस्य कृपा रानाले जानकारी दिएका छन्। 

कृपाले रानाथारु समुदायलाई आदिवासी जनजातिको रुपमा राज्यले पहिचान दिनुपर्ने भन्दै २०५६ सालदेखि नै संघर्ष गरेका थिए। नेपाली कांग्रेसका नेता एनपी साउदले आफू मन्त्री भएको समयमा रानाथारु समुदायको  परम्परागत कला, संस्कृति, भेषभुषाको जगेर्ना गर्ने उद्देश्का साथ संग्रहालय निर्माणका लागि बजेट विनियोजन गराएका थिए। 

तर, अहिले नेकपा एमालेले भने रानाथारुको समुदायको अपमान गरेको भन्दै रानाथारु समुदायका नेताहरु आक्रोशित बनेका छन्। कैलाली र कञ्‍चनपुरमा मात्रै रहेको रानाथारुको जनसंख्या विसं २०६८ को जनगणनामा रानाथारुसहित गणना गर्दा हाल थारु समुदाय कूल १७ लाख ३७ हजार ४७० रहेको छ। यो कूल जनसंख्याको ६ दशमलव ६ प्रतिशत हो। 

कञ्‍चनपुरमा रानाथारुको जनसंख्या करिब अढाई लाख छ। यति ठूलो जनसंख्यालाई नेकपा एमालेले अपमान गरेको संविधानसभा सदस्य कृपा रानाले बताए। 

National life insurance

नेपाल समयसँगको कुराकानीका क्रममा उनले भने, 'हिजो सशस्त्र विद्रोह र त्यसअघि देखि नेकपा एमालेको प्रतिनिधि खोज्‍नुपर्ने अवस्थामा पनि सतिसालझैं नेकपा एमालेको पक्षमा उभिएँ। तर, आज मलाई नै बाइपास गरिएको छ। यो मेरो र रानाथारु समुदायको मात्र अपमान नभइ अनवरत पार्टीप्रति इमान्दार भएर संघर्ष गर्ने नेता-कार्यकर्ताको अपमान हो।' 

उनले नेकपा एमालेले रानाथारु समुदायलाई भोटबैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि छनोटको समयमा आफूलाई बाइपास गरेपछि कञ्‍चनपुर इन्चार्ज निरुदेवी पाल, अध्यक्ष बीरबहादुर थापा र सचिव सुरेन्द्र विष्टले मोबाइल अफ गरेकोमा आपत्ति प्रकट गरेका छन्। पाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको 'किचेन क्याबिनेट' कै व्यक्ति हुन्। 

उनले भने, 'प्रतिनिधि छनोटको सयमा जिम्मेवार व्यक्तिहरु पार्टी इन्चार्ज, अध्यक्ष र सचिवले नै मोबाइल अफ गरे। लोकतान्त्रिक प्रणाली, समावेशी प्रणाली भने पनि पार्टी र संगठनलाई बदनाम गर्नका लागि हामीहरुलाई बाहिर राखिएको छ।'

'संविधानसभा सदस्य भइसकेको व्यक्ति, प्रदेश कमिटी सदस्य रहेको व्यक्ति, पार्टीमा लामो समय संघर्ष र काम गरेको व्यक्ति, रानाथारु समुदायको प्रतिनिधित्वमा सबैभन्दा अगाडि रहेको व्यक्ति प्रतिनिधि नआउनुभन्दा ठूलो अपमान के हुन्छ?, उनले प्रश्‍न गरे। 

उनले कञ्‍चनपुरको क्षेत्र नम्बर १ र २ मा निर्णायक मत रहेको रानाथारु समुदायलाई नसमेटेर नेकपा एमालेले ठूलो गल्ती गरेको र यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्। उनले भने, 'अहिले पार्टीप्रति झुकाव बढिरहेको र अधिकांश रानाथारु एमालेमा लागिरहेको अवस्थामा पार्टीलाई कमजोर गर्नका लागि भएको यस्तो खेलले पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने छ।' 

कैलालीबाट पनि केन्द्रीय कमिटी सदस्य स्वत: हुने भएकोले सांसद् नारदमुनि रानालाई मात्र प्रतिनिधि छनोट गरिएको उनले जानकारी दिए। 

त्यसैगरी कैलालीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका लेखराज भट्ट पक्षबाट पनि प्रतिनिधि छनोट नगरिएको भन्दै असन्तुष्टि बढेको छ। उता नेकपा एमाले भित्रै उपाध्यक्ष भीम रावलले पनि कर्णा थापा पक्षले एकलौटी गरेको आरोप लगाउँदै समानान्तररुपमा प्रतिनिधि छनोट गरेका छन्। 

नेकपा एमालेको १० म‌ंसिरदेखि सुरु हुने १० औं महाधिवेशनका लागि हाल देशभरका विभिन्‍न जिल्लाबाट प्रतिनिधि छनोट भइरहेका छन्। जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष हाबी भएको र लोकतान्त्रिक प्रक्रियालाई पनि बाइपास गरिएको आरोप लगाइएको छ। कञ्‍चनपुरबाट छनोट भएका प्रतिनिधिहरुको सूची:

क्षेत्र नम्बर १

१. विर बहादुर थापा 

२. पल्लव राज भट्ट 

३. कमला बोहरा

४. हिरा सिंह बिष्ट 

५. भक्त अधिकारी 

क्षेत्र न. २

१. बचन बहादुर सिंह 

२. नर बहादुर धामी 

३. अशोक कुमार चन्द 

४. रण बहादुर महरा 

५. चाँदनी धामी

६. लक्ष्मी बुढा 

क्षेत्र न. ३

१. डा.दीपक प्रकाश भट्ट 

२. सुरेन्द्र बिस्ट 

३. कृष्ण देव पन्त 

४. खिमा चन्द 

दलित

१. नर बहादुर बिश्वकर्मा 

२. भारमल सुनार

प्रकाशित: Nov 18, 2021| 19:26 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।