आइतबार, असार २१, २०८३

नेपालले कतारलाई दियो १६५ रनको लक्ष्य

कतारमा जारी ३ खेलको टी२० सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक कतारलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– कतारमा जारी ३ खेलको टी२० सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक कतारलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै ३ विकेट गुमाएर १६४ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याट्सवुमन सीता राना मगरले अबिजित ८२ रन बनाइन्। उनले ७ चौकाको सहयोगमा सो रन जोडेकी हुन्।

त्यस्तै, ज्योती पाण्डेले २४ र सरिता मगरले १७ रन जोडिन्। डली भट्टले पनि १२ रनको योगदान दिइन्। कतारका लागि एन्जिलिने मारी, साची धाद्वाल र आइसाले समान १–१ विकेट गिराए। 

आईसीसी टी २० विश्वकप २०२३ को एसियाली छनोटको तयारीका लागि अभ्यास खेल खेलिरहेको नेपालले कतारसँगको सिरिजको पहिलो र दोस्रो खेलमा जित निकालेको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले हराएको थियो। त्यस्तै, टस जितेर ब्याटिङ राजेको नेपालले कतारलाई ६१ रनले हराएको थियो।

खेलमा जित निकाल्न सके नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० आई सिरिज क्लिन स्विप गर्नेछ। जारी सिरिजमा नेपालका इन्दु वर्मा, सीता राना मगर र कप्तान रुविना क्षेत्रीले पहिलो पटक अन्तर्राष्ट्रिय टी २० आईमा अर्धसतक बनाएका छन्।

प्रकाशित: Nov 18, 2021| 17:35 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।