आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कैलालीका सबै पालिकामा सभापति चुनिए, धनगढीमा अन्य पदमा सहमतिको प्रयास

nespernesper

कैलालीका सबै पालिकामा सभापति चुनिए, धनगढीमा अन्य पदमा सहमतिको प्रयास

नेपाली कांग्रेस कैलालीको सबै पालिकामा सभापति निर्वाचित भएका छन्। नेपाली कांग्रेस कैलालीको बुधबार सम्पन्न पालिका निर्वाचनमा एक उपमहानगर, ६ नगर र ६ गाउँपालिकामा सभापति निर्वाचित भएका हुन्।
 |  बिहीबार, मंसिर २, २०७८

भीम चौधरी

भीम चौधरी

बिहीबार, मंसिर २, २०७८

धनगढी- नेपाली कांग्रेस कैलालीको सबै पालिकामा सभापति निर्वाचित भएका छन्। नेपाली कांग्रेस कैलालीको बुधबार सम्पन्न पालिका निर्वाचनमा एक उपमहानगर, ६ नगर र ६ गाउँपालिकामा सभापति निर्वाचित भएका हुन्।

triton college

१३ पालिका रहेको कैलालीमा केहीमा सर्वसम्मत र केहीमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ का अनुसार धनगढी उपमहानगरपालिकामा यज्ञराज उपाध्याय, टीकापुर नगरपालिकामा नरेश खत्री, गौरीगंगा नगरपालिकामा पहलविक्रम चन्द, लम्कीचुहा नगरपालिकामा इन्द्र कुँवर, भजनी नगरपालिकामा नवराज मिश्र, गोदावरी नगरपालिकामा वीरबहादुर चोखाल, घोडाघोडी नगरपालिकामा बमबहादुर सिंह निर्वाचित भएका छन्।

यस्तै चुरे गाउँपालिकामा हेम शाह, जानकी गाउँपालिकामा गणेश रेग्मी, वर्दगोरीया गाउँपालिकामा कृष्ण विष्ट, कैलारी गाउँपालिकामा कृष्णप्रसाद चौधरी, मोहन्याल गाउँपालिकामा कमल साउँद र जोशीपुर गाउँपालिका सभापतिमा बंशराम चौधरी निर्वाचित भएका छन्। 

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध निर्वाचित भए पनि अन्य पदमा भने सहमति हुन सकेको छैन। 

Metro Mart
vianet

३८ जना सदस्य आवश्यक भए पनि ४८ जनाको उम्मेदवारी परेको छ। उपसभापतिमा दुई जना हुनुपर्ने भए पनि ६ जनाको उम्मेदवारी परेको छ। सचिवमा ८ जना र सहसचिवमा ७ जनाको उम्मेदवारी परेको छ। सचिव र सहसचिव दुई/दुई जना रहने विधानमा व्यवस्था छ।

प्रकाशित: Nov 18, 2021| 07:38 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।