बिहीबार, मंसिर २५, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • कात्तिक नाच : यसरी गरियो हिरण्यकश्यपु वध मञ्चन [तस्बिरहरू]

कात्तिक नाच : यसरी गरियो हिरण्यकश्यपु वध मञ्चन [तस्बिरहरू]

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार कात्तिक नाचअन्तर्गत नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, मंसिर २, २०७८

ललितपुर- पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार कात्तिक नाचअन्तर्गत नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ।

National life

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृत्य प्रदर्शन गरिएको थियो। भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा आधारित नृत्य प्रदर्शन गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए।

नाटकमार्फत अरूलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको अध्यक्ष चित्रकार बताए।

वि.सं. १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ। कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ। 

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो। सत्ताइस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 18, 2021| 07:09 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।