आइतबार, असार २१, २०८३

कतारविरुद्धको टी-२० सिरिजमा नेपालको ऐतिहासिक जित

सिरिजको दोस्रो खेलमा आयोजक राष्ट्र कतारलाई ६१ रनले हराउँदै नेपाली महिला टिमले पहिलो पटक टी२० आई सिरिज जितेको हो।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- कतारको दोहामा जारी नेपाल-कतार महिला क्रिकेट टी-२० आई सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ।

सिरिजको दोस्रो खेलमा आयोजक राष्ट्र कतारलाई ६१ रनले हराउँदै नेपाली महिला टिमले पहिलो पटक टी२० आई सिरिज जितेको हो।

टस जितेर ब्याटिङ रोजेको नेपालले बुभबार पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। जबाफमा १९ ओभर ३ बलसम्म मैदानमा टिकेको कतारले सम्पूर्ण विकेट गुमाएर ६८ रन बनाएको हो।

कतारका लागि कप्तान आइसाले सर्वाधिक २४ रन जोडिन। त्यसक्रममा नेपालकि शरश्वती कुमारीले ४ विकेट लिइन। कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन भने सबनम राई, संगीता राई र कविता जोशीले समान १-१ विकेट लिए।

पहिलो पारीमा कप्तान क्षेत्रीले ५० रनको अर्थसतकिय पारी खेलिन्। उनले ४८ बलमा चार चौका र एक छक्काको सहयोगमा सो रन जोडेकी हुन्। यससँगै रुविना टी २० आईमा अर्धसतक बनाउने दोस्रो खेलाडी बनेकी छन्।

त्यस्तै, अप्सरी बेगमले १७ बलमा २३ रन बनाइन्। नेपालका लागि ओपनर कविता कुँवरले ३० बलमा ३१ रन जोडिन् भने ज्योति पाण्डे, काजल श्रेष्ठ, सरिता मगर र डोली भट्टले सम्झनलयक प्रदर्शन गर्न सकेनन्। पाण्डेले ६, श्रेष्ठले ३ र मगरले ४ रन मात्र जोड्न सकिन्। डोली भट्ट शून्य रनमा बाहिरिइन्।

कतारका लागि एन्जिलनी मारेले दुई विकेट लिइन् भने एलिन खान, सबिजा पनय र साची धद्वलले समान १–१ विकेट लिए।

कतारसँगको सिरिजको पहिलो खेलमा अर्धसतक बनाएकी इन्दु वर्मा भने आजको खेलमा अनुपस्थित थिइन्। पहिलो खेलमा उनी रिटायर्ड आउट भएकी थिइन्।

यससँगै नेपाल २-० ले अगि रहँदै सिरिज आफ्नो नाम गरेको छ।

प्रकाशित: Nov 17, 2021| 20:00 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।