शनिबार, माघ ३, २०८२

प्रशंसा र सुनिरा भए सर्किट १ डबल्समा पहिलो

नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं-एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गर्ल्स डबल्समा बुधबार पहिलो भएका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं÷एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गर्ल्स डबल्समा बुधबार पहिलो भएका छन्।

National life

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६–२ र ६–० सोझो सेटमा सहजै पराजित गरे। त्यसै स्पर्धाको ब्वाइजमा नेपालका राजवीर प्रधान र दर्शील श्रेष्ठको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ४–६ ६–३ र १०–२ को सेटमा हराउदै फाइनलमा प्रवेश गरे।

सुनिरा गर्ल्स सिंगल्समा पनि फाइनलमा पुग्‍न सफल भइन्। सुनिराले नेपालकी शिभाली गुरुङमाथि ६–२ र ६–३ को जित दर्ता गरिन्। सोही स्पर्धामा नेपालकी इभा अधिकारीले समृद्धि महर्जनलाई ४–६, ६–२ र ६–४ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन्।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले नेपालका निश्चल कायश्थलाई ४–६, ६–३ र ७–५, नेपालका दर्शील श्रेष्ठले नेपालका वृजेश अर्याललाई ४–६, ६–२ र ६–१ तथा नेपालका सक्षमविक्रम शाहले भारतका अमिर मुहम्मद खान मजारीलाई ६–४, ३–६ र ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे।

प्रकाशित: Nov 17, 2021| 18:51 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।