शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • न्यायालय भित्र देखिएको समस्याको निकास न्यायालयबाटै होस् : अध्यक्ष प्रचण्ड

न्यायालय भित्र देखिएको समस्याको निकास न्यायालयबाटै होस् : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको निकास न्यायालयबाटै होस भन्ने आफूहरूको इच्छा रहेको बताएका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको निकास न्यायालयबाटै होस भन्ने आफूहरूको इच्छा रहेको बताएका छन्। 

पाँच दलीय गठबन्धनले यो समस्याको निकास सर्वोच्च अदालतबाटै समाधान हुनुपर्ने भन्दै निर्णय गरेकोले आफू पनि सोही पक्षमा रहेको बताए। 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि आएका पूर्व प्रधानमन्त्री प्रचण्ड जनकपुरधाम विमानस्थलमा संचार कर्मीहरूसंग कुरा गर्दै न्यायालय भित्र देखिएको समस्या त्यहीँबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताए।

पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले यस विषयमा धारणा सार्वजनिक गरी सकेकोले यस विषयमा थप बोल्न आवश्यक नरहेको उनको भनाई थियो। पूर्व प्रधानमन्त्री प्रचण्डले एक दुई दिन भित्र निकास ननिस्किए मात्रै आफूहरूले राजनीतिक निकास खोज्ने तर्फ लाग्ने बताए।

प्रकाशित: Nov 17, 2021| 12:33 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...