आइतबार, जेठ १७, २०८३

खोकु-छिन्ताङ घटनाको ४३ वर्ष : अझै असन्तुष्ट छन् सहिद परिवार

धनकुटाको छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– धनकुटाको छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ। निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कात्तिक २९) गते सहिद स्मृति दिवस मनाइयो।

National life

परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना सहिद बनेका खोकु–छिन्ताङ घटनामा मारिएका सहिद परिवारले उठाएका माग अझै पूरा भएका छैनन्। छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व भए पनि राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवारका लागि अझै थप केही होेस् भन्ने चाहना रहेको बताउँछन्।

सहिद परिवारका सदस्य झलकमान राई भन्छन्, ‘छन्ताङका १६ जना सहिदहरुको एकीकृत बस्ती, एक घर एक रोजगार, राष्ट्रिय सहिदको कुरा, पारा नमिलाएर घोषणा गरिएको छ। शेरबहादुर देउवाले घोषणा गरेको सहिद मान्ने गरेका छैनौं। सहिद परिवारको आर्थिक पक्ष सबल बनाइदिनुपरो। त्यसका लागि सरकारले दिगो कार्यक्रम घोषणा गरिदिनुपर्छ।’

सहिद परिवारकै सदस्य गंगाबहादुर राईले सरकारले सहिद परिवारलाई मध्यनजर गरेर विद्यालय र केही सुविधा दिएको बताए। उनले भने, ‘विद्यालय र केही सुविधा दिएको छ तर केही मागहरु पूरा गरेको छैन।’ 

जनप्रतिनिधिहरु भने सहिद परिवारलाई उनीहरुको सबै माग पूरा नभए पनि धेरै मागहरु पूरा गरिसकेको बताउँछन्। नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीका अध्यक्ष राजेन्द्रकुमार राईले सहिदहरुकै कारण छिन्ताङ विकसित भइरहेको भन्दै जनप्रतिनिधिहरुले सहिद परिवारका सबै सदस्यलाई रोजगारी दिने काममा लागिपरेको बताए। सहिद परिवारका सदस्यहरुले भनेको सबै कुरा लागू नभए पनि सरकारले धेरै सहयोग गरेको बताउँदै अध्यक्ष राईले भने,‘सहिद परिवारलाई स्थानीय, प्रदेश र संघीय सरकारले पनि सहयोग गरिरहेको छ।’

Shivam cement

शेरधर राई नेतृत्वको प्रदेश १ सरकारले खोकु–छिन्ताङका १६ सहिद परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत अनुदान दिएको थियो। अहिलेसम्म सहिद परिवारका लागि ८ वटा घर निर्माण भइसकेको छ। 

त्यहाँका जनताले खान नपाएपछि मझियाहरुको ढुकुटीबाट टिप्पणी उठाएर अन्न जनतालाई बाँडिएको थियो। त्यसविरुद्ध पञ्चायती शासक वर्गले यो काण्डमा विभिन्न व्यक्तिहरुमाथि डकैतीको मुद्दा चलाएको थियो। स्थानीय पञ्चहरुले प्रशासनसँग गुहार मागेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा अञ्चलाधीश, प्रहरी प्रशासनका प्रमुख र सेनाले यस क्षेत्रका नागरिकमाथि दमनको नीति लिएको थियो। अन्ततः २०३६ सालमा छिन्ताङ हत्याकाण्ड भएको थियो, जसमा १६ जनाको हत्याकाण्ड भएको थियो। हत्याकाण्डमा परी मारिएका १६ जनालाई २०७४ सालमा तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो। 

प्रकाशित: Nov 17, 2021| 11:19 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।