काठमाडौं– नेपालले कतारविरुद्ध तीन खेलको टी–२० आई सिरिजअन्तर्गत आज (बुधबार) दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ११९ रनको जित निकालेको नेपाली टिम आज पनि कतारलाई उसकै भूमिमा हराएर एक खेल अगावै सिरिज जित्ने दाउमा छ।
पहिलो खेलमा जित निकालेर १–० नेपालले अघि छ। त्यसैले आजको खेलमा जित निकाले नेपालले सिरिज जित्नेछ। यसकारण नेपाल आज सिरिज जित्ने दाउमा छ।
नेपालले पहिलो पटक टी २० आई सिरिज खेलेको हो। पहिलो खेलमै नेपलकी इन्दु वर्माले अर्धसतक प्रहार गरेकी छन्। उनले ४७ बलमा ५५ रन बनाएकी हुन्।

यससँगै उनी टी–२० आईमा अर्धसतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। नेपालले सन् २०२३ मा हुने आईसीसी महिला विश्वकपको एसियाली छनोटको तयारीस्वरुप कतारसँग छनोट खेलिरहेको हो।
आगामी नोभेम्बर २२ बाट सुरु हुने छनोटमा नेपालसँगै यूएई, मलेसिया, हङकङ, भुटान र कुवेतले पनि प्रतिस्पर्धा गर्नेछन्।