आइतबार, असार २१, २०८३

नेपाललाई कतारविरुद्ध ऐतिहासिक सिरिज जित्ने अवसर

नेपालले कतारविरुद्ध तीन खेलको टी–२० आई सिरिजअन्तर्गत आज (बुधबार) दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ११९ रनको जित निकालेको नेपाली टिम आज पनि कतारलाई उसकै भूमिमा हराएर एक खेल अगावै सिरिज जित्ने दाउमा छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– नेपालले कतारविरुद्ध तीन खेलको टी–२० आई सिरिजअन्तर्गत आज (बुधबार) दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ११९ रनको जित निकालेको नेपाली टिम आज पनि कतारलाई उसकै भूमिमा हराएर एक खेल अगावै सिरिज जित्ने दाउमा छ।

पहिलो खेलमा जित निकालेर १–० नेपालले अघि छ। त्यसैले आजको खेलमा जित निकाले नेपालले सिरिज जित्नेछ। यसकारण नेपाल आज सिरिज जित्ने दाउमा छ।

नेपालले पहिलो पटक टी २० आई सिरिज खेलेको हो। पहिलो खेलमै नेपलकी इन्दु वर्माले अर्धसतक प्रहार गरेकी छन्। उनले ४७ बलमा ५५ रन बनाएकी हुन्।

यससँगै उनी टी–२० आईमा अर्धसतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। नेपालले सन् २०२३ मा हुने आईसीसी महिला विश्वकपको एसियाली छनोटको तयारीस्वरुप कतारसँग छनोट खेलिरहेको हो।

आगामी नोभेम्बर २२ बाट सुरु हुने छनोटमा नेपालसँगै यूएई, मलेसिया, हङकङ, भुटान र कुवेतले पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Nov 17, 2021| 10:00 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।