बुधबार, भदौ १७, २०८३

अर्जेन्टिना कतार विश्वकपमा छनोट

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिले घरेलु टिम अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिले घरेलु टिम अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको छ।

अर्जेन्टिनाको सन कुवाङ डेल विसेन्तानारियोमा भर्खरै सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो।

यो बराबरीसँगै शीर्षस्थानको ब्राजिलले ३५ अंक बनाएको छ भने दोस्रो स्थानको अर्जेन्टिनाको २९ अंक छ। ब्राजिल ६ खेल अगावै विश्वकपमा पुगिसकेको छ। योसँगै अर्जेन्टिना पनि विश्वकपमा छनोट भएको छ।

दक्षिण अमेरिकाको यो चरणबाट चार टिम कतार विश्वकपमा छनोट हुनेछन्। जहाँ चार खेल बाँकी रहँदा पाँचौं स्थानको टिमको १७ अंक छ भने अर्जेन्टिनाको २९ अंक छ।

पाँचौं स्थानको पेरुले सबै खेलमा जित निकालेको अवस्थामा उसले २९ अंक बनाउने छ। तर, तालिकामा अर्जेन्टिनाभन्दा तल रहनेछ। यसकारण अर्जेन्टिनाले शीर्ष ४ चारमा रहँदै विश्वकप यात्रा तय गरेको हो।

यी दुई टिम पछिल्लो पटक कोपा अमेरिकाको फाइनलमा भेट भएका थिए। सो फाइनलमा १–० गोलको जित निकाल्दै अर्जेन्टिनाले ब्राजिली भूमिमा उपाधि जितेको थियो। त्यसपछि यी दुईको भेट विश्वकप छनोटको दौरान ब्राजिली रंगशालामै भएको थियो।

तर, त्यो खेल हुन सकेन। खेल सुरु भएको पाँच मिनेटमा स्वास्थ्यकर्मीले मैदानका खेलाडी समाउन थालेपछि रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको पहिलो लेगको खेल अझैसम्म हुन सकेको छैन। त्यसरी हेर्दा यो खेल दोस्रो लेगको खेल हो।

बुधबार बिहान नै सम्पन्न अन्ये खेलहरूमा कोलम्बिया र पराग्वेले गोलरहित बराबरी खेलेका छन्। त्यस्तै बोलिभियाले उरुग्वेलाई ३–० गोलले हराएको छ भने पेरुले भेनेजुएलालाई २–१ गोलले हराएको छ।

प्रकाशित: Nov 17, 2021| 08:04 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।