शुक्रबार, भदौ ५, २०८३

प्रचण्ड आउने भएपछि रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक बिदा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने भएपछि महोत्तरीको रोमगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने भएपछि महोत्तरीको रोमगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले आज सार्वजनिक बिदा दिएको एक सूचनामार्फत जानकारी दिएको छ। प्रचण्डले आज आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने छन्। 

नगर प्रमुख अशोककुमार मण्डलद्वारा जारी सूचनामा प्रचण्ड प्रमुख अतिथि हुने कार्यक्रमका लागि सार्वजनिक बिदा दिइएको उल्लेख छ।


प्रकाशित: Nov 17, 2021| 07:38 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...