आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नर्वेलाई हराउँदै नेदरल्यान्ड्सले तय गर्‍यो कतार विश्वकप यात्रा

नर्वेलाई हराउँदै नेदरल्यान्ड्सले तय गर्‍यो कतार विश्वकप यात्रा

मंगलबार राति नेदरल्यान्ड्सले पनि कतार विश्वकपको यात्रा तय गरेको छ। रोटरडमस्थित डु किप रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नर्वेलाई २–० गोलले हराएर नेदरल्यान्ड्सले विश्वकपको यात्रा तय गरेको हो।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– मंगलबार राति नेदरल्यान्ड्सले पनि कतार विश्वकपको यात्रा तय गरेको छ। रोटरडमस्थित डु किप रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नर्वेलाई २–० गोलले हराएर नेदरल्यान्ड्सले विश्वकपको यात्रा तय गरेको हो।

नेदरल्यान्ड्सको जितमा स्टेवेन बर्जविन र मेन्फिस डिपायले समान १–१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दुवै खेलाडीले दोस्रो हाफमा गोल गरेर नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्‍याएका थिए।

यो जितसँगै समूह जीमा नेदरल्यान्ड्सले २३ अंक बनायो। त्यस्तै गएरातिकै अर्को खेलमा टर्कीले मोन्टेनेग्रोमाथि २–१ गोलको जित निकाल्यो। सो जितसँगै टर्कीले भने प्लेअफमा स्थान बनाएको छ।

प्रकाशित: Nov 17, 2021| 07:20 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।