आइतबार, असार २१, २०८३

विश्वकप छनोटमा फ्रान्सको जित, बराबरीमा रोकियो बेल्जियम

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको समूह चरणको अन्तिम खेलमा स्पेनले जित निकालेको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको समूह चरणको अन्तिम खेलमा फ्रान्सले जित निकालेको छ। फिनल्याडको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम फ्रान्सले आयोजक टिमलाई २-० गोलले हराएको हो।

फ्रान्सको जितका लागि फरवार्ड करिम बेञ्जिमा र केलियन एम्बाप्पेले समान १-१ गोल गरे। उनीहरुले दुवै गोल खेलको दोस्रो हाफमा गरेका थिए। ६६ औं मिनेटमा एम्बाप्पेले दिएको पासमा बेञ्जिमाले गोल गरे भने ७६ औं मिनेटमा एल डिग्नेले दिएको पासमा एम्बाप्पेले गोल गरे।

यससँगै समूह डीमा अपराजित रहँदै फ्रान्सले विश्वकप यात्रा तय गरेको छ। सोही समूहको दोस्रो स्थानमा रहेको युक्रेनले विश्वकप पुग्न प्ले अफ खेल्न पाउनेछ।

त्यस्तै, मंगलबार रातिको अर्को खेलमा बेल्जियम वेल्ससँग १-१ गोलको बराबरीमा रोकिएको छ। बेल्जियमका केभिन डिब्रुएनले खेलको १२ औं मिनेटमै अग्रता बनाए पनि ३२ औं मिनेटमा वेल्सका किइफर मोरेले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।

खेल अवधिभर ७६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको बेल्जियमले दोस्रो गोल गर्न सकेन। यता वेल्सले पनि अर्को गोल गर्न नसकेपछि १-१ गोलको बराबरी नै निर्णायक नतिजा भएको हो।

समूह ईको शीर्षस्थानमा रहेको बेल्जियम एक खेल अगावै कतार विश्वकपमा पुगिसकेको छ। अब दोस्रो स्थानको वेल्सले भने विश्वकप पुग्न प्लेअफ खेल्न पाउनेछ।

त्यस्तै, गएराति खेलमा टर्कीले मेन्टेनेग्रोलाई २-१ गोलले हराएको छ भने नेदरल्यान्ड्सले नर्वेविरुद्ध २-० गोलको जित निकालेको छ। मंगलबार राति जिब्राटरले लात्भियासँग ३-१ गोलको हार बेहोर्दा युक्रेनले बोसनियाँ हर्जगोभिनासविरुद्ध २-० गोलको जित निकाल्यो।


प्रकाशित: Nov 17, 2021| 07:06 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।