शुक्रबार, भदौ ५, २०८३

कैलालीका १३ वटै पालिकामा आज नेपाली कांग्रेसको अधिवेशन

कैलालीमा आजदेखि नेपाली काँग्रेसको पालिका अधिवेशन सुरु भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

धनगढी- कैलालीमा आजदेखि नेपाली काँग्रेसको पालिका अधिवेशन सुरु भएको छ। यही कात्तिक २७ गते सुरु भएको वडा अधिवेशनपछि मंगलबार जिल्लाको १३ वटै पालिकामा पालिका अधिवेशन सुरु भएको हो।

धनगढी उप-महानगरपालिकाको नगर सभापतिमा यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्। धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो। नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उपाध्याय नगर सचिव हुन्। नगर सभापतिमै रुपेश स्वाँरले पनि रुचि देखाएका छन्। स्वाँर कैलाली उद्योग वाणिज्य संघका पूर्व महासचिव हुन्। 

सुदूरपश्चिमको राजधानी गोदावरी नगरपालिकामा दुई प्यानल नगर कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा छन्। पूर्व जिल्ला सभापति दीर्घराज भाटको टीम र डाक्टर लक्ष्मीराजप पाठकको टीम प्यानलसहित चुनावी मैदानमा छन्। गोदावरीमा पूर्व सभापति भाटको टीमको बलियो उपस्थिती रहेको छ। भाटका पक्षवाट नगरसभापतिमा विरबहादुर चोखाल र पाठकको पक्षवाट बिष्णु बडैलाको टिम प्यानलसहित चुनावी मैदानमा रहेका छन्।

गौरीगंगा नगरपालिकामा पहलबिक्रम चन्द र मोहन साउद, घोडाघोडी नगरपालिकामा कालिराम चौधरी, लम्कीचुहा नगरपालिकामा इन्द्र कुँवर र भक्तबहादुर चलाउनेको टिम चुनावी मैदानमा छ।

नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले भने जिल्लाको अधिकांस पालिकामा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताए।

प्रकाशित: Nov 16, 2021| 08:46 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...