काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी)बाट सम्बन्धन लिएका कलेजमा अध्ययन गर्न चाहने विद्यार्थी नपाएपछि पुनः आवेदन माग गरेका छन्।
शैक्षिक सत्र २०७८/०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तह एवम् प्रि-डिप्लोमा तहका कार्यक्रमहरुमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि पुनः आवेदन फारम खुला गरेका हुन्।
पूर्ण शुल्कमा पढ्न चाहने विद्यार्थीको संख्या तोकिएको कोटाभन्दा पनि कम भएपछि पुनः आवेदन फारम खुला गरिएको सीटीइभिटीले जानकारी दिएको छ।
सीटीईभीटीले प्रमाणपत्र तह सामान्य चिकित्सा, नर्सिङ र डिप्लोमा इन फार्मेसीबाहेकका विभिन्न कार्यक्रममा र प्री-डिप्लोमा तहका स्वास्थ्यबाहेकका कार्यक्रममा भर्ना हुनका लागि साउन ३० र भदौ २ गते सूचना जारी गरेपनि विविध कारणले आवेदन फारम भर्न छुटेको भन्दै पुनः आवेदन फारम खुला गरेको सूचना गरेको हो।
रिक्त सिटमा मंसिर ८ गतेसम्म देशभरका सीटीईभीटीका कलेजमा विद्यार्थीले आवेदन दिन सक्नेछन्।