शनिबार, साउन १६, २०८३

कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कन अदालतको आदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले उक्त आदेश जारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका पदाधिकारीलाई कामकाज नगर्न आदेश दिएपछि प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन कार्यन्वयन नगर्न आदेश जारी गर्न माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै उच्चले काममा फर्कन आदेश जारी गरेको हो। 

स्वास्थ्य मन्त्री विरोध खतिवडाले कार्तिक २३ गते मन्त्रीस्तरीय निणर्यबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई कामकाज गर्न रोक लगाउने निर्णय गराएका थिए। 

उच्चले आफूहरू काममा फर्कन कुनै बाधा नभएको आदेश जारी गरेको प्रतिष्ठानका उपकुलपति डा. रावलले जानकारी दिए। 

प्रकाशित: Nov 15, 2021| 17:25 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्