शनिबार, जेठ २, २०८३

थप ४१६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस अवधिमा १२ हजार ४०२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक जनाको निधन भएको छ। यस्तै २७० जना संक्रमण मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या सात हजार ३११ रहेको छ।


प्रकाशित: Nov 15, 2021| 16:49 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्