पर्सा- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि पर्सामा सर्वसम्मतले चयन भएको छ। पर्सा को चारवटै निर्वाचन क्षेत्र र दलितबाट २९ जनाको नाम सर्वसम्मतिले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजाराले जानकारी दिएका छन्।
पर्सा क्षेत्र न १ बाट इश्लाम हवारी, बसरुद्दिन अन्सारी, अरबिन्द सिंह , डा. विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा प्रतिनिधिमा चयन भएका छन्।
क्षेत्र नं. २ बाट गोकर्ण पाठक, महेश दास, केदार तिवारी र विणा शर्माको चयन भएका छन्। क्षेत्र नं. ३ बाट प्रतिनिधिमा राज कुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, सञ्जिव मिश्र, मिना शाह र लक्ष्मी कुशवाह रहेका छन्।
क्षेत्र नं. ४ बाट प्रतिनिधिमा जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने र मिना गिरी रहेकी छन्। यसैगरी जिल्लाभरीको दलितबाट प्रभु हजारा, हरेन्द्र हजारा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाईं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मतले चयन भएका छन्।
पार्टीका पदाधिकारीहरुको बैठकले विचारी यादव, श्याम बन्जारा, नवराज शर्मा, राजेश लामा, सुन्दर कुर्मी, रामदेव दास र राजेन्द्र यादवलाई प्रतिनिधिमा मनोनित गर्न केन्द्रसँग अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी गराएको छ।
कात्तिक २५ गते पार्टी कार्यालयमा उम्मेदवारी दर्ता भएकोमा अहिलेसम्म २९ जना चयन भएको हो। एमालेको १० औं महाधिवेशन मंसीर १० गतेदेखि १२ गते सम्म चितवनमा हुन लागेको हो।