आइतबार, असोज २५, २०८३

अमिरा अर्थात् कैदीका शुक्रकीटको अवैध तस्करीबाट जन्मिएका सन्तानको कथा

निर्देशक दियाबले अनपेक्षित पटकथामार्फत अमिराको कथा बुनेका छन्। अमिरामा उनले इजरायलको जेलमा बसेका प्यालेस्ट्यानका राजनैतिक बन्दीहरुको शुक्रकिटको अवैध तस्करीलाई विषयवस्तु बनाएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

इजिप्टका निर्देशक मोहमद दियाब निर्देशित फिल्म ‘अमिरा’ले ‘भेनिस फिल्म फेस्टिभल’मा तीन वटा अवार्ड जितेपछि उनी चर्चाको केन्द्रमा छन्। आफ्नो फिल्ममार्फत इजिप्ट समाजको विकृतिविरुद्ध आवाज उठाउने निर्देशक दियाबको पहिलो फिल्म ‘क्यारो ६७८’ ले पनि उनलाई निकै चर्चित बनाएको थियो।

निर्देशक दियाबले अनपेक्षित पटकथामार्फत अमिराको कथा बुनेका छन्। अमिरामा उनले इजरायलको जेलमा बसेका प्यालेस्ट्यानका राजनीतिक बन्दीहरुको शुक्रकिटको अवैध तस्करीलाई विषयवस्तु बनाएका छन्।

जेरुसेलम र गाजापट्टीमा जारी संघर्षको क्रममा २०१२ देखि आजसम्म हजारौं बच्चाहरूको जन्म शुक्राणुको अवैध तस्करीबाट भएको छ। आफ्नै बुवाआमाबाट जन्मिएको मानिएको विश्वासमा परेका ती बच्चाहरू अर्कै अनजान मानिसको शुक्राणुबाट जन्मिन्छन्।

रगतको सम्बन्धको परिभाषाका लागि हुने बहस र विदेशीप्रति गरिने भेदभाव र इर्स्याको मुद्दालाई पटकथामा उतारेका छन् दियाबले।

के छ अमिरामा?

इजरायलको जेलमा बन्दी प्यालेस्ट्यानका एक आन्दोलनकारी नुवारको १७ वर्षकी छोरी अमिरालाई बुवाले तस्करी गरेर ल्याएको शुक्राणुबाट जन्मिएको भन्ने थाहा छ। अमिरा आफ्नो आमा वारदासँग बेलाबेला आफ्नो बुवालाई भेट्न जाने गर्छिन् तर ‘फोटोसप’बाट बनाइएको आफ्ना बुवाआमासँगको आफ्नो फोटो हेरेर खुसी भएझैं लागे पनि उनी भित्रैबाट खुसी हुन सक्दिनन्।

नुवार बाबु बन्न सक्ने शुक्राणु उत्पादन गर्न नसक्ने व्यक्ति हो भन्ने थाहा भएपछि अमिरालाई शंका हुन्छ आखिर म कसको शुक्राणुबाट जन्मिएँ? अनि यो मूल प्रश्नसँगै अनेकौं सहायक प्रश्न जन्मिन्छन्।
नुवार शुक्रकिट तस्करीको क्रममा आफ्नो पत्नी वारदासम्म बेलाबेला भेट्न पाउँछन्। शुक्राणु तस्करको क्रममा जेलबाट बाहिर निस्कँदा स्वतन्त्रताको महशुस गर्छ तर अस्पतालमा नुवारको शुक्राणुको जब जाँच हुन्छ तब उनीहरूको जीवनमा उथलपुथल आउँछ।

नुवार बाबु बन्न सक्ने शुक्राणु उत्पादन गर्न नसक्ने व्यक्ति हो भन्ने थाहा भएपछि अमिरालाई शंका हुन्छ आखिर म कसको शुक्राणुबाट जन्मिएँ? अनि यो मूल प्रश्नसँगै अनेकौं सहायक प्रश्न जन्मिन्छन्।

अमिरा आफ्नो बुवा खोज्न थाल्छिन्। अमिराको बुवा पत्ता लगाउन परिवारलाई चोट लागेको लोग्ने मानिस सबैसँग डिएनए टेस्ट गरिन्छ।

आमाले मुख नखोलेपछि अमिरालाई मानसिक समस्या हुन्छ। तर अमिरा अविचलित रहँदै आफ्नो बुवाको खोजमा लाग्छिन्।खोजपछि अमिरालाई आफ्नो जैविक पिता इजरायली भएको र उसले प्यालेस्ट्यानी मुक्ति मोर्चाका लागि हुलाकीको काम गरेको थाहा हुन्छ।

यता १७ वर्षीया अमिराको प्रेमीले बिहेको लागि अनुरोध गर्छ। अमिराको काकाले पनि इजिप्टको पासपोर्ट बनाइदिएर सधैलाई उतै बस्न अनुरोध गर्छन्। तर अमिरा सो प्रस्ताव अस्वीकार गर्छिन् र जैविक बुवालाई खोजेरै छोड्छिन्।

इजरायली रगत भए पनि एउटा प्यालेस्ट्यानीको देशभक्ति नागरिकझैं बाँच्न चाहेकी अमिरा अवैध रुपमा इजरायल सीमा पार गर्ने क्रममा मारिन पुग्छिन्।

फिल्ममा अमिरा र उसकी आमा वारदाले साहसका साथ परिवार र समाजविरुद्ध लड्छन्। आफूले रोजेको बाटो र आफूले चाहेको संघर्षले उनीहरु कत्ति पनि विचलित हुँदैनन्। अमिराको पितृत्वका बारेमा अन्तिम खुलासा उनको सांस्कृतिक पहिचानको उतखनन् पनि गर्दछ।

–वेब दुनियामा प्रकाशित अजित रायको समीक्षा 


प्रकाशित: Nov 16, 2021| 08:30 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।