आइतबार, जेठ १७, २०८३

मोरङ र सुनसरीका बार पनि आन्दोलित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङ र सुनसरीका कानुन व्यवसायी पनि आन्दोलित भएका छन्। उच्च अदालत विराटनगर, मोरङ अदालत परिसरभित्र कानुन आइतबार व्यवसायीले धर्ना दिएका हुन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

विराटनगर– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङ र सुनसरीका कानुन व्यवसायी पनि आन्दोलित भएका छन्। उच्च अदालत विराटनगर, मोरङ अदालत परिसरभित्र कानुन आइतबार व्यवसायीले धर्ना दिएका हुन्।

National life

उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनको आयोजनामा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले धर्ना दिएका हुन्। विवाद र भ्रष्ट्राचारमा डुबेको भन्दै प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका थिए।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए। बारको कार्यालय अगाडि भेला भएर दिउँसो ११ देखि १२ बजेसम्म अदालत परिसरभित्र प्रदर्शन गरिएको उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहालले बताए। 

सुनसरीमा बारको प्राङ्गणमा भेला भई बिहान ११ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर तथा  कालो मास्क लगाएर न्याय क्षेत्र भित्रको भ्रष्टाचार, बेथिति, बिचौलिया समेतको न्यायिक शुद्धीकरणको माग गर्दै विरोध जनाएका हुन्। 

विरोध कार्यक्रमका वक्ता वरिष्ठ अधिवक्ता हेमराज पोखरेल, अधिवक्ताहरू लखनलाल यादव, अजय चौधरी, ईश्वरचन्द्र ढंगेल, आश्वीनी भट्टराई, अशोक मेहता लगायतले स्वतन्त्र न्यायालय बनाउनका लागि प्रधानन्यायाधीश जबराले तत्काल निकास दिनु पर्ने बताएका थिए।

Shivam cement

प्रकाशित: Nov 15, 2021| 07:35 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।