आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री राईद्वारा विश्वासको मत लिनेसम्बन्धी सूचना प्रदेशसभामा दर्ता

मुख्यमन्त्री राईद्वारा विश्वासको मत लिनेसम्बन्धी सूचना प्रदेशसभामा दर्ता

मंगलबार बस्ने प्रदेश १ सभाको बैठकमा विश्वासको मत लिने सम्वन्धी सूचना मुख्यमन्त्री राजेन्द्र राईले आइतबार दर्ता गराएका छन्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

विराटनगर– मंगलबार बस्ने प्रदेश १ सभाको बैठकमा विश्वासको मत लिने सम्वन्धी सूचना मुख्यमन्त्री राजेन्द्र राईले आइतबार दर्ता गराएका छन्। 

National life

प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ। सोही अनुसार कात्तिक ३० अर्थात मंगलबार सदनबाट विश्वासको मत लिने तयारीका लागि सूचना पठाइएको मुख्यमन्त्रीका स्वकिय सचिव सन्दीप राईले जानकारी दिए।

विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ। भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ। विश्वासको मत लिएर मात्रै सरकार विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री राईले बताउँदै आएका छन्। विश्वासको मत लिएपछि मन्त्रालय संख्या पनि बढाउने तयारी गरिएको उनले बताएका छन्। ९ देखि ११ वटा सम्म मन्त्रालय बनाइने तयारी छ।

९२ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा ५० सांसद छन्। कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ गरी ५० सांसद छन्।

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन्। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार बनेको थियो।

Shivam cement

प्रकाशित: Nov 14, 2021| 19:20 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।