आइतबार, जेठ १७, २०८३

एमाले महाधिवेशनका लागि मोरङबाट ५७ प्रतिनिधि सर्वसम्मत

आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत भएका छन्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

विराटनगर– आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत भएका छन्।

National life

६ वटा निर्वाचन क्षेत्र र दलित क्षेत्र गरि ५७ महाधिवेशनका लागि विहीबार १७० जनाले मनोनयन दर्ता गरेका थिए। ६ वटा निर्वाचन क्षेत्रबाट १६६ र दलित क्षेत्रबाट ४ जनाले उम्मेदवारी दिएका थिए।

दलित क्षेत्र अन्तर्गत ४ महाधिवेशन प्रतिनिधिका लागि सोही संख्यामा उम्मेदवारी परेको थियो। उनीहरु विहीबार नै निर्विरोध भएका थिए। ६ वटा क्षेत्रका महाधिवेशन प्रतिनिधिको अन्तिम टुङ्गो लगाउन ४ दिन लागेको छ।

शुक्रबार क्षेत्र नम्वर १, २, ३, ४ र ५ बाट ४५ जना सर्वसम्मत भएका थिए। क्षेत्र नम्वर ६ का ८ जना प्रतिनिधिको अन्तिम टुङ्गो आईतबार लागेको निर्वाचन समितिले जनाएको छ। 

मोरङ क्षेत्र नम्वर १ बाट खड्गबहादुर वस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनस्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्वु, क्षेत्र नम्वर २ बाट ऋषिकेश पोखरेल, मेघनाथ कट्टेल, चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्ली दाहाल, हसन इमाम बक्स र इर्जालाल राजवंशी सर्वसम्मत भएका छन्।

Shivam cement

क्षेत्र नम्वर ३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार वस्नेत, देवराज भण्डारी, दिलिप राई, धनमायाँ तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम, क्षेत्र नम्वर ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, विमला दाहाल घिमिरे र गुणवति देवी थारु सर्वसम्मत भएको क्षेत्रीय निर्वाचन समितिले जनाएको छ।

क्षेत्र नम्वर ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव,  क्षेत्र नम्वर ६ बाट नरेश पोखरेल, हरि घिमिरे, सत्यनारायण चौधरी, रामलाल साह, पर्शुराम वस्नेत, नारायणी घिमिरे,  यशोदा अधिकारी र तारा राई सर्वसम्मत भएका हुन्। 

त्यसैगरि दलित निर्वाचन क्षेत्र तर्फ खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा महाधिवेशन प्रतिनिधि चयन भएको जिल्ला निर्वाचन अधिकृत गणेश लुईटेलले जानकारी दिए।


प्रकाशित: Nov 14, 2021| 19:08 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।