शुक्रबार, भदौ ५, २०८३

सिटौलाको प्रश्न : अब पनि क्रियाशील सदस्यताको कुरा उठाएर के फाइदा?

'अब पनि क्रियाशील सदस्यताको कुरा उठाएर के फाइदा? कुनै जिल्ला र वडाको अधिवेशन रोकिएपनि अधिवेशन हुनैपर्छ,' उनले भनेका थिए।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब पनि क्रियाशील सदस्यताको विवाद उठाएर कुनै फाइदा नहुने बताएका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। 

'अब पनि क्रियाशील सदस्यताको कुरा उठाएर के फाइदा? कुनै जिल्ला र वडाको अधिवेशन रोकिएपनि अधिवेशन हुनैपर्छ,' उनले भनेका थिए। 

उनले पार्टीका थुप्रै कमजोरी भएपनि ती विषयलाई उठाएर महाधिवेशन सार्ने पक्षमा आफू नभएको बताएका थिए। 'हाम्रा कमजोरी होलान तर महाधिवेशन एक दिन रोक्न हुँदैन,' राष्ट्रिय सभालगायतका निर्वाचनको मिति पनि नजिकिएकाले त्यसअघि नै महाधिवेशन सक्नुपर्नेमा जोड दिँदै उनले भने। 

'राष्ट्रियसभा निर्वाचन माघमा छ। दल दर्ता ३५ दिन अघि नै गर्नुपर्छ। पुस पहिलो साता दल दर्ता गर्नुपर्छ। केन्द्रीय समिति, प्रदेश समितिको नियमित अधिवेशन भएको र लेखा प्रतिवेदन बुझाउनुपर्छ। हामी टाइट सेड्युलमा छौँ, तर, महाधिवेशन हुनुपर्छ। वडा अधिवेशन, जिल्ला अधिवेशन नै सकिइसकेका छन्।'

सिटौलाले क्रियाशीलको कुरा उठाएर फाइदा नहने बताएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल भने आक्रोशमा आएका थिए। 


प्रकाशित: Nov 14, 2021| 18:51 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...