आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिन्धुपाल्चोक कांग्रेसको 'हास्यास्पद' विज्ञप्तिबारे बूढानीलकण्ठमा चर्चा

सिन्धुपाल्चोक कांग्रेसको 'हास्यास्पद' विज्ञप्तिबारे बूढानीलकण्ठमा चर्चा

बुढानिलकण्ठमा बैठक चलिरहेका बेला यो विषय प्रवेश गराउने केन्द्रीय सदस्य हुन् मोहनबहादुर बस्नेत। सिन्धुपाल्चोकको विज्ञप्तिअनुसार मंसिर २४ मा नै केन्द्रीय महाधिवेशन उद्धाटन हुने भएपनि मंसिर ३० गते वडा अधिवेशन गर्ने उल्लेख छ। यही कारण विज्ञप्ति हास्यास्पद बनेको थियो।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले जारी गरेको हास्यास्पद विज्ञप्तिको विषयले कांग्रेस केन्द्रीय समिति बैठकमा पनि प्रवेश पाएको छ। आइतबार भएको केन्द्रीय कार्यसमितिको बैठकमा सिन्धुपाल्चाेक जिल्ला कार्यसमितिले कात्तिक २५ गते निकालेकाे विज्ञप्ति चर्चा भएको हो।

बुढानिलकण्ठमा बैठक चलिरहेका बेला यो विषय प्रवेश गराउने केन्द्रीय सदस्य हुन् मोहनबहादुर बस्नेत। त्यस्तो हास्यास्पद विज्ञप्ति निकाल्ने व्यक्ति र ताेकिएका निर्वाचन अधिकृतलाई कारबाही गर्न बस्नेतले माग गरेका थिए। 

 सिन्धुपाल्चोकको विज्ञप्तिअनुसार मंसिर २४ मा नै केन्द्रीय महाधिवेशन उद्धाटन हुने भएपनि मंसिर ३० गते वडा अधिवेशन गर्ने उल्लेख छ। यही कारण विज्ञप्ति हास्यास्पद बनेको थियो। 

यसकासाथै उक्त विज्ञप्तिमा पालिका अधिवेशन पुस ५ गते, प्रदेश क्षेत्रको अधिवेशन पुस ८ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस १२ गते गर्ने उल्लेख छ।  

सिन्धुपाल्चोक कांग्रेस सभापति विकास लामाले यस्तो विज्ञप्ति जारी गरेपछि यसले बुढानीलकण्ठको माहोलमा गरम थपेको थियो। 

सिन्धुपाल्चोकमा १०० वडामा अधिवेशन सकिएकाे छ। तीन वडामा भने बाँकी छ। 

प्रकाशित: Nov 14, 2021| 18:16 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...