शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई पौडेलको प्रश्न- सुतुरमुर्ग शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने?

देउवालाई पौडेलको प्रश्न- सुतुरमुर्ग शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने?

'पार्टीको कार्यालाय छोडेर हिँड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने? अनसन अन्त्य गर्ने कि नगर्ने? सुतुरमुर्गा शैलीमा मुन्टो लुकाएर कति दिन हिड्ने? अवस्था सुधार्ने कि नगर्ने?,' प्रोडेलको प्रश्न थियो।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीको समस्या समाधान नगरी लुकेर हिँड्ने गरेको आरोप लगाएका छन्। देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। 

'पार्टीको कार्यालाय छोडेर हिँड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने? अनसन अन्त्य गर्ने कि नगर्ने? सुतुरमुर्ग शैलीमा मुन्टो लुकाएर कति दिन हिड्ने? अवस्था सुधार्ने कि नगर्ने?,' देउवालाई पौडेलको प्रश्न थियो।

उनले पार्टी कार्यालयमा भएको अनशन तोडाउने विषयमा सभापति गम्भीर नभएको तर भागीभागी बैठकलाई बूढानीलकण्ठ पुर्‍याएको बताएका थिए। 'रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। हामी भागेर बुढानीलकण्ठमा बैठक बसेका छौँ। सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो? तपाईकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा धर्नामा बसेका छन्,' उनले थपे, 'मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो।'

जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउने तर नेताहरू त्यो ठाउँबाटै भागेपछि उनीहरूको गुनासो कसले सुन्ने भन्दै उनको प्रश्न थियो। यी समस्या कसरी टुंगो लगनउने? समस्या समाधान नगरी कसरी प्रस्ताव पास हुन्छ? पास पास मात्र भनेर हुन्छ?,' पौडेलको प्रश्न छ। 

प्रकाशित: Nov 14, 2021| 18:05 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...