शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा देउवाले गगनलाई भने- समसामयिक विषयमा बोल्न पाइँदैन

कांग्रेस बैठकमा देउवाले गगनलाई भने- समसामयिक विषयमा बोल्न पाइँदैन

'समसामयिक विषयमा बोल्न पाइँदैन,' देउवाले थापालाई भनेका थिए। समसामयिक विषयको कुरा उठाउँदै नेता थापाले न्यायालयको कुरा राख्न खोजेपछि देउवाले रोक्ने प्रयास गरेका थिए।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक विषयमा बोल्न खोज्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गगन थापालाई रोक्न खोजेका छन्।

आइतबार पार्टी सभापति निवास बूढानीलकण्ठमा भएको बैठकमा देउवाले रोक्न खोजे पनि उनको प्रयास असफल भएको हो।

गगनले समसामयिक विषयमा बोल्न समय माग्दा देउवाले केन्द्रीय समिति बैठकमा समसामयिक विषयमा बोल्न नपाइने भन्दै रोक्न खोजेका थिए।

'समसामयिक विषयमा बोल्न पाइँदैन,' देउवाले थापालाई भनेका थिए। समसामयिक विषयको कुरा उठाउँदै नेता थापाले न्यायालयको कुरा राख्न खोजेपछि देउवाले रोक्ने प्रयास गरेका थिए। 

यद्यपि गगनले आफ्ना कुरा राखेका थिए। 'सम्मानित अदालतमा भइरहेको समस्या चर्कियो भने व्यवस्थाले मूल्य चुकाउनुपर्छ। तत्काल सामाधान नगर्ने हो भने महाधिवेशनसम्म अवस्था बिथोलिन्छ। हामी चुप लाग्न मिल्दैन,' थापाले भनेका थिए, 'महाधिवेशनका विवाद कायम छन्। यसमा गम्भीर हुनुपर्छ। सभापतिको ध्यान जानुपर्छ।'


प्रकाशित: Nov 14, 2021| 17:49 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...