शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन : मंसिर २५ गते केन्द्रमा मतदान गर्न प्रस्ताव, देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन

कांग्रेस महाधिवेशन : मंसिर २५ गते केन्द्रमा मतदान गर्न प्रस्ताव, देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन

महाधिवेशनका लागि मतदानका लागि मंसिर २१ गते मनोनयन दर्ता गरिने र २४ गते उद्घाटन २५ गते मतदान गर्न प्रस्ताव गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २५ गते मतदान गर्न प्रस्ताव गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उक्त प्रस्ताव गरिएको हो। 

महाधिवेशनका लागि मतदानका लागि मंसिर २१ गते मनोनयन दर्ता गरिने र २४ गते उद्घाटन  २५ गते मतदान गर्न प्रस्ताव गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

यस्तै यस वर्षको महाधिवेशनका नेतृत्व चयनमै फोकस हुने तर महाधिवेशनपछिको केन्द्रीय समितिले नीतिगत विषयमा छलफल गर्ने उनको भनाइ छ। 

बैठकमा महाधिवेशन व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले जानकारी दिए। बैठकले देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिए। 

प्रकाशित: Nov 14, 2021| 17:42 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...