काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पतालबाट डिस्चार्ज भएका छन्। रक्त चाप बढेर स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका दाहाल थिए।
स्वास्थ्य सुधार आएपछि चिकित्सकको सल्लाहमा उनलाई डिस्चार्ज गरिएको हो।
पछिल्ला दिनमा डोल्पालगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौं फर्केपछि धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको थियो।