काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश गरिएको छ। यसअघि आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन समितिको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने प्रस्ताव गरेको हो।
यससँगै सातवटै प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई दिइएको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए।
उनका अनुसार प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई संयोजन गर्ने जिम्मेवारी प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँड, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई दिइएको हो।
उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भइसकेकोसमेत उनले जानकारी दिएका छन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंसिर २४–२७ मा १४औं महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ।