शुक्रबार, भदौ ५, २०८३

अझै सुरु भएन कांग्रेस केन्द्रीय समिति बैठक

'नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ। केन्द्रीय समितिमा लैजाने एजेन्डा तय गर्नका लागि ‍सबैले आआफ्नो ठाउँबाट गृहकार्य गरिरहनु भएको छ,' ती नेताले भने, 'अब केही समयपछि बैठक सुरु भइहाल्छ।'
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक अझसम्म पनि सुरु हुन सकेको छैन। बैठकमा सहभागी हुनका लागि नेताहरू सभापति शेरबहादुर निवास बूढानीलकण्ठमा उपस्थित भइसके पनि औपचारिक रुपमा भने बैठक सुरु हुन सकेको छैन। 

नेताहरू आन्तरिक रूपमा छलफलमा जुटेकाले बैठक सुरु हुन केही समय ढिला भएको कांग्रेसका एक नेताले जानकारी दिए। 'नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ। केन्द्रीय समितिमा लैजाने एजेन्डा तय गर्नका लागि ‍सबैले आआफ्नो ठाउँबाट गृहकार्य गरिरहनु भएको छ,' ती नेताले भने, 'अब केही समयपछि बैठक सुरु भइहाल्छ।'

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठकमा कडा रूपमा प्रस्तुत हुने भन्दै तीन एजेन्डा गरेको थियो। महाधिवेशन, क्रियाशील सदस्यता विवाद र न्यायालयको विवादबारे सरकारले गर्नुपर्ने कामबारे एजेन्डा तय गरेको थियो।  

बैठकमा सहभागी हुन पुगेका दोस्रो तहका नेताहरू भने देउवा निवासबाहिरै छन्। शीर्ष नेताहरू छलफलमा छन्। 

प्रकाशित: Nov 14, 2021| 15:36 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...