सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • भीमबहादुरको शव एक महिनादेखि अस्पतालमै, परिवार भन्छ– जातीय आधारमा हत्या

Siddartha premir insuranceSiddartha premir insurance

भीमबहादुरको शव एक महिनादेखि अस्पतालमै, परिवार भन्छ– जातीय आधारमा हत्या

‘मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेकै कारण मेरो लोग्नेलाई मारियो। तर आज जातका कारणले भएको होइन भनेर घटना अन्यत्र मोड्न खोजिएको छ।’
 |  आइतबार, कात्तिक २८, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

आइतबार, कात्तिक २८, २०७८

बुटवल– चितवनमा विपन्न एक दलित परिवारले न्यायको भिख मागेको झन्डै एक महिना बितेको छ। परिवार न्याय मर्ला कि भन्ने भयमा छ। एक महिनासम्म चर्चामा रहेको घटनाबारे राजनीतिक नेतृत्व र नागरिक समाज मौन रहेका कारण पनि पीडित परिवार न्याय नपाइने चिन्तामा परेको हो।

triton college

घटना असोज २८ गतेको हो। भरतपुर महानगरपालिका–४ का सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटबाट ५८ वर्षीय भीमबहादुर विश्वकर्माको मृत्यु भयो। दुर्गाचोकस्थित मन्दिरमा ‘दलित समुदायले पनि पूजा गर्न पाउनुपर्छ’ भनेर आवाज उठाउँदा स्थानीय बस्नेत र श्रेष्ठले कुटपिट गरी हत्या गरेको परिवारको दाबी छ । 

नारायणगढको पुल्चोकबाट करिब तीन किलोमिटर दक्षिण शिवघाट सडकको दुर्गाचोकमा दसैंको अघिल्लो दिन हत्या गरिएका विश्वकर्माका परिवार एक महिनादेखि बैचनमा छन्। भीमबहादुरको न्यायका लागि चितवनसहित काठमाडौं र देशका विभिन्न ठाउँमा आन्दोलन भयो। तर, भीमबहादुरको परिवारले भने न्यायको अनुभूति गर्न पाएका छैनन्। एक महिनासम्म न लासको सदगत भएको छ न त न्याय पाउने कुनै भरपर्दो आधार। भीमबहादुरको शव भरतपुर अस्पतालमा छ।

‘मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेकै कारण मेरो लोग्नेलाई मारियो। तर आज जातका कारणले भएको होइन भनेर घटना अन्यत्र मोड्न खोजिएको छ।’

‘सबै जना आउनुहुन्छ, सोध्नुहुन्छ, तर कसैले पनि केही गरेनन्’, भीमबहादुरकी पत्नी विन्दुले गुनासो पोखिन्, ‘मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेकै कारण मेरो लोग्नेलाई मारियो। तर आज जातका कारणले भएको होइन भनेर घटना अन्यत्र मोड्न खोजिएको छ।’ उनले आफ्ना पतिको जातीय कारणले हत्या भएको दाबी गरिन्।

विन्दु विश्वकर्माले बिलौना सुनाउन थालेको एक महिना बिते पनि परिवारले पीडा मात्रै भोग्नुपरेको छ। ‘भरतपुरजस्तो विकसित ठाउँमा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा मारिनुपर्छ भने अन्त के होला?’ विन्दुको प्रश्न छ। उनले गाउँका टाठाबाठाले रक्सी खाएका कारण मृत्यु भएको भन्दै घटना सामान्य बनाउन खोजेको आरोप लगाइन्। ‘रक्सी खाएको हो भन्दैमा मान्छे मार्न पाइन्छ?’ उनको प्रश्न छ। 

Metro Mart
vianet

भीमबहादुर परिवारको अभिभावक मात्रै थिएनन्, उनी परिवारको भरोसा पनि थिए। भीमबहादुरको मृत्युपछि परिवारलाई साँझबिहानको छाक टार्नसमेत धौधौ परेको छ। उनी घर बनाउने काममा मजदुरी गर्थे।

१० धुरमा टिनले छाएको दुईकोठे घर छ। साँझबिहानको छाक टार्न मुस्किल यो परिवारसँग न्यायका लागि दैनिक प्रशासन धाउने उपाय पनि छैन। स्थानीय सरकार र प्रशासनले न्याय दिलाउन मात्रै होइन, यो परिवारको राहातका लागि समेत कुनै ध्यान दिएका छैनन्।

बुवासँगै घर बनाउन हिँड्ने २८ वर्षीय छोरा किसन विकले आफूहरुमाथि यति ठूलो अन्याय हुँदा पनि समाजका अगुवा रमिते बनेको आरोप लगाए। ‘दुर्गा मन्दिरमा दलितले पूजा गर्न पाउँदैनथे। अहिले पण्डित बोलाएर पूजा गराइयो’, किसनले भने, ‘मान्छे मरेकोमा चिन्ता छैन, धर्म नासिने डर भयो समाजका अगुवालाई।’ उनले जातीय रुपमा दमन गरी आफ्ना पिताको हत्या गरेको आरोप लगाए। 

दलित अधिकारकर्मी र मानवअधिकारकर्मीले जातीय आधारमै घटना भएको दाबी गर्दै अनुसन्धान अघि बढाउन माग गर्दै आएका छन्। दलित अधिकारकर्मी रणेन्द्र बराइलीले घटनालाई भवितव्य बनाउन चितवनका गैरदलित समुदाय र प्रहरी प्रशासन लागिपरेको आरोप लगाए। ‘भीमबहादुरमाथि दसैंकै बेला किन आक्रमण भयो?’ उनले भने, ‘दलित समुदायमाथि खेलेर मुद्दा कमजोर बनाउन काम भइरहेको छ।’ दलित समुदायको कमजोरीको फाइदा उठाएर सार्वजनिक ठाउँमा कुटपिट भएको उनले बताए। 

नागरिक समाज मौन 

घटना भएको लामो समयसम्म पनि चितवनका नागरिक समाज र अधिकारकर्मी मौन छन्। भीमबहादुरको हत्या कुटपिटबाटै भएको सबैले स्वीकार गरे पनि यो जातीय विभेदबाट हो या होइन भन्ने विषयमा चितवनमा अहिले पनि दुई धार देखिन्छ। 

‘हामीमाथि अन्याय भइरहेको छ, तर, गैरदलितहरुले मान्छे मरेकोमा होइन, हिन्दु धर्म जोगाउने चिन्ता मात्रै गर्नुभयो’, भीमबहादुरका ज्वाइँ विकास विश्वकर्माले भने। उनले हत्याका विषयमा न्यायको माग गर्दै जुलुस लिएर प्रशासन जानुपरेको बताए। ‘हामी पीडित छौं, तर प्रमुख जिल्ला अधिकारी, एसपी, भेट्न जुलुस लिएर जानुपर्छ, यो कस्तो देश हो?’ उनले प्रश्न गरे। 

भीमबहादुरकी छोरी मीना दुर्गा मन्दिरभित्र पूजा गरेकै बेलामा घटना नभएको बताउँछिन्। उनी भन्छिन्, ‘त्यही विषय उठाउँदा बुवामाथि आक्रमण भएको हो।’ उनले दलित र गरिब भएकै कारण कुटपिट गरी हत्या गरेको आरोप लगाइन्। ‘गल्ती गरेको भए, प्रहरीलाई बोलाएर पठाइदिएको भए हुन्थ्यो’, उनले भनिन्।  चितवनका दलित अधिकारकर्मी आन्दोेलित भए पनि पीडितलाई न्याय दिलाउने सवालमा भने कसैको नजर पुगेको छैन। 

आयोगका सदस्य सुन्दर पुर्कुटीले भीमबहादुरको हत्या जातीय पृष्ठभूमिबाटै सिर्जना भएको बताए। उनले भने, ‘मन्दिर नजिकै पुगेर पूजा गर्न पाउनुपर्छ भनेको देखिन्छ, त्यसपछि कुटपिट भएको हो।’।

भरतपुर नगरप्रमुख रेणु दाहालले पनि परिवारको माग  सुन्ने समय नदिएको विन्दुको दुःखेसो छ। मन्दिरसँग जोडिएर भीमबहादुरको हत्या भएको हैन भन्नेतर्फ समाजका नागरिक अगुवाहरु भन्नेहरु लागि परे। यतिसम्म कि वडा जनप्रतिनिधि कोपिला परियारले पहिला विभेदका कारण घटना भएको बताउँदै न्यायका लागि लड्ने बताएकी थिइन्। तर, पछि राजनीतिक दबाबले नै दुर्गा मन्दिरमा पूजा गरेर विभेद नभएको सन्देश दिएकी थिइन्। 

कात्तिक ११ गते दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजना तथा विश्व ओमकार महासंघको समन्वयमा भागवत् वाचक दीनबन्धु पोखरेलको उपस्थितिमा तिनै  दलित महिला जनप्रतिनिधि कोपिला परियारलाई मन्दिरभित्र प्रवेश गराइएको थियो। 

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीसमेत पूजामा सरिक थिए। घटनाबारे अनुसन्धान गर्न आएको आयोगको टोली धार्मिक सदभाव र विभेद अन्त्यका लागि गरिएको पूजामा सरिक भएर घटनालाई विषयान्तर गराउन खोजेको चितवनका दलित अधिकारकर्मीको आरोप छ। 

आयोगका सदस्य पुर्कुटीले भीमबहादुरको हत्या जातीय पृष्ठभूमिबाटै सिर्जना भएको बताए। ‘मन्दिर नजिकै पुगेर पूजा गर्न पाउनुपर्छ भनेको देखिन्छ, त्यसपछि कुटपिट भएको हो’, उनले भने। प्रत्यक्ष रुपमा विभेद गरेर आक्रमण भएको नदेखिए पनि घटना दलित र गरिब भएका कारण भएको उनको भनाइ छ। 

प्रहरी प्रतिवेदनमा भवितव्यबाट हत्या

भीमबहादुरको न्यायका लागि भन्दै चितवनमा संघर्ष समिति गठन भयो। १९ वटा संघसंस्थाले संयुक्त रुपमा विरोध गरेका थिए। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका शीर्ष नेता र जनता समाजवादी पार्टीले काठमाडौंमा भीमबहादुरको न्यायको पक्षमा प्रदर्शन ग¥यो। तर दलित अधिकारकर्मीले दाबी गरेअनुसार घटना जातीय आधारमा नभएको र नियतवश पनि नभएको प्रहरी रिपोर्टले देखाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले घटना लगत्तै कुटपिटमा संलग्न बस्नेत र श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। सीतारामले ढाड र पातामा गरी दुईपटक पाइपले हिर्काएको र श्रेष्ठले मुक्का हान्दा भीमबहादुर ढलेको प्रहरी अनुसन्धानमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको बताए। 

भीमबहादुर विकको कुटपिट गरी हत्या गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ। 

त्यसो त कर्तव्य ज्यान कसुरमा मुद्दा अघि बढाए पनि घटना मन्दिरसँग नजोडिएको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ बताउँछन्। उनी भन्छन्, ‘कुटपिटबाट हत्या भएको हो, त्यसमा पनि नियत हत्या गर्ने हो कि होइन, अनुसन्धान गरिएको छ।’ उनले मन्दिरसँग जोडिएर घटना नभएको बताए। 

जिल्ला अदालत चितवनमा थुनछेक बहसका कर्तव्य ज्यान कसुरको मुद्दा अघि बढाएको सरकारी वकिल कार्यालयले जनाएको छ।

यसैबीच भीमबहादुर विकको कुटपिट गरी हत्या गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ। भरतपुर ४ चितवनका स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटका कारण ५८ वर्षीय विकको मृत्यु भएको भन्दै मृतकका छोरा किसन विकले उनीहरूलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। सोही मुद्दामा  शुक्रबार अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

प्रकाशित: Nov 14, 2021| 13:25 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।