बुटवल– चितवनमा हुने नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनीका अधिकांश जिल्लामा प्रतिनिधि छनोट भएका छन्। प्रतिनिधिमा इच्छुकहरु धेरै भएपछि रुपन्देही, कपिलवस्तु र नवलपरासीमा भने निर्वाचन मार्फत प्रतिनिधि छनोट गरिएको छ।
एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा भने दुई लाइन संघर्षका कारण प्रतिनिधि छनोटमा सकस भइरहेको छ। ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शनिबार दिनभर सर्वसम्मतको प्रयास भए पनि त्यो सफल भएन।
निर्वाचन क्षेत्र नं. १ मा निर्वाचनमार्फत प्रतिनिधि छनोट भएका छन्। राति सम्पन्न भएको निर्वाचनबाट २ महिला सहित ६ जना प्रतिनिधि चयन भएका छन्। १ हजार ७ सय ६४ मत खसेको थियो। मतदानबाट यज्ञ गैरे, धुव्र खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा खुलातर्फबाट विजयी भएका छन् भने महिलातर्फ जगेश्वरी चौधरी र विद्यालक्ष्मी गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट भोजप्रसाद श्रेष्ठ, बलबहादुर आचार्य, बाबुराम भट्टराई, गोपाल राना, चित्रबहादुर कार्की, बासुदेव घिमिरे, शिवराज सुवेदी, मोहन चापागाई चयन भएका छन्। महिलातर्फ गोमा आचार्य, सावित्रा अर्याल र ज्ञानु केसी चयन भएका छन्।
क्षेत्र नं. २ मा सर्वसम्मतिको नाममा केन्द्रीय नेताहरुले प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्टि पोखिएको छ। एमाले नेता तथा जिल्ला समन्वय समितिका सदस्य खेम लुईटेलले प्रतिनिधि छनोट सर्वसम्मत बनाउने नाममा मापदण्ड विना नै आफ्ना मान्छे छानेर राखेको बताए। यसअघि लुईंटेल माधव नेपाल समूहमा लागेर समानान्तर कमिटी गठनमा सामेल थिए। उपमहासचिव घनश्याम भुसाल एमालेमै बसेपछि उनी पनि फर्किएका हुन्। जिल्लामा घनश्याम पक्षधरलाई प्रतिनिधि छनोटमा ओली पक्षले एकलौटी गरेको बताएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नं. ५ मा भूमिलाल सापकोटा, शिव पौडेल, कल्पना हरिजन, रामचन्द्र यादव र जीवनाथ पाण्डे प्रतिनिधि छनोट भएको एमाले जिल्ला अध्यक्ष शिव सुवेदीले बताए। रुपन्देहीको २ र ३ मा भने आइतबार निर्वाचनबाटै टुंगो लाग्ने भएको छ। दलिततर्फ कमला विश्वकर्मा, जोगलाल विश्वकर्मा र सुरेन्द्र श्री प्रतिनिधि छनोट भएका छन्।
एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा दुईलाइन संघर्षका कारण प्रतिनिधि छनोटमा सकस भइरहेको छ। ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शनिबार दिनभर सर्वसम्मतको प्रयास भए पनि त्यो सफल भएन।
त्यस्तै पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट मतदान प्रक्रियाबाट प्रतिनिधि चयन भएका छन्। केन्द्रीय नेतृत्वले सर्वसम्मत बनाउने कसरत गरे पनि आवश्यक संख्याभन्दा धेरैले मनोनयन दर्ता गरेपछि मतदान भएको थियो। राति अबेर सम्पन्न मतगणना परिणाम अनुसार निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ दिपेन्द्र कुमार अधिकारी, धिरज शर्मा बस्याल, राम प्रसाद अर्याल र बद्रीनाथ खनाल चयन भएका छन्।
महिलातर्फ सरिता खनाल र शिन्धु जलेशा निर्वाचित भएका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट डोलराज भण्डारी, थान प्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल तथा महिला तर्फ विमला अर्याल र लक्ष्मी क्षेत्री निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधिको लागि २ जना प्रतिनिधि पाउने दलित तर्फ तुलसी पासी र राज हरिजन सर्वसम्मत रूपमा चयन भएको एमालेले जनाएको छ।
एमाले नेता शंकर पोखरेलको गृहजिल्ला दाङमा पनि ३ वटै निर्वाचन क्षेत्रबाट खुला र समावेशीका आधारमा प्रतिनिधि छनोट भएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ रेवतीरमण शर्मा, राममणि पाण्डे, सहजराम यादव महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
यस्तै महिलातर्फ गंगा चौधरी र सरस्वती गौतम छनोट भएका छन्। निर्वाचन क्षेत्र नम्बर २ बाट खुलतर्फ टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्र केसी, बलिभद्र राना, भेषराज खत्री, ३ बाट तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, हुकुम बस्नेत, मनोहर बुढाथोकी, भुवनेश्वर पौडेल, कृष्ण भुसाल, राम मिलन चौधरी, महिला तर्फ कोमल वली, धनकली चौधरी र माया आचार्य छनोट भएका छन्। यस्तै दलित तर्फ जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, मान बहादुर विश्वकर्मा र निर्मला विश्वकर्मा छनोट भएको एमाले दाङले जनाएको छ।
गुल्मीमा मधुकृष्ण पन्त, बालसिंह काउछा, सोमनाथ सापकोटा, अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल चयन भएका छन्। महिलातर्फ नर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम छनोट भएको एमाले गुल्मीले जनाएको छ। त्यस्तै दलिततर्फ जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा छनोट भएका छन्।
यस्तै पाल्पाबाट खुल्लातर्फ झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्तीमगर र नवीन थापा छनोट भएका छन्। महिलातर्फ कुबिजा अर्याल, सरस्वती भट्टराई, नारायणी शर्मा र गीता पाण्डे, दलितबाट ठाकुरप्रसाद लोहागुन र दीपक विश्वकर्मा छनोट भएका छन्।
त्यसैगरी पूर्वी रूकुमबाट नन्दलाल शर्मा, टोपबहादुर ओली, लिलामणि गौतम र निर्माण बुढा (रवि), महिला तर्फ आशा स्वर्णकार, दलितबाट मस्तबहादुर विश्वकर्मा (समाल) छनोट भएका छन्।
यस्तै प्यूठानबाट हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिलबहादुर थापा मगर, महिला तर्फ गोमा रेग्मी, कमला रिजाल र दलितबानट झगबहादुर विश्वकर्मा छनोट भएका छन्।
त्यसैगरी कपिलवस्तुबाट विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल, उपेन्द्र खनाल र टोपलाल पोखरेल, मजदुरबाट सुशीला दर्लामी, महिलाबाट शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल छनोट भएका छन्।
यस्तै अर्घाखाँचीबाट चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशीराम आचार्य र खगिश्वर पन्थी प्रतिनिधि छनोट भएका छन्। महिलातर्फ जाल्पा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी, विष्णुमाया आचार्य, दलित तर्फ भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक छनोट भएका छन्।
त्यसैगरी रोल्पाबाट कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली, महिला जुनमाया बुढा र इश्वरी जिएम र दलितबाट रिमा नेपाली प्रतिनिधि छनोट भएको एमालेले जनाएको छ।