मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरमा दुई समुदायको विवादमा ३ प्रहरीसहित ४ जना घाइते, निषेध आदेश जारी

जनकपुरमा दुई समुदायको विवादमा ३ प्रहरीसहित ४ जना घाइते, निषेध आदेश जारी

वडा नम्बर २० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठपूजाका लागि घाट निर्माण गर्ने विषयमा विवाद भएको थियो। छठपूजाकै दिन त्यहाँ झडप पनि भएको थियो। यद्यपि प्रहरीले त्यो दिन विवाद साम्य पार्न सफल भएको थियो।
 |  शनिबार, कात्तिक २७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, कात्तिक २७, २०७८

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-२० मा छठ पर्वका दिन अर्घ्य राख्ने विषयलाई शुरु भएको हिन्दू-मुस्लिमबीचको विवाद साम्य हुन नपाउँदै फेरि उग्र रुप लिएको छ। दुई समुदायबीचको विवाद उग्ररुप लिएपछि अवस्था तनावपूर्ण बनेको छ।

National life

वडा नम्बर २० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठपूजाका लागि घाट निर्माण गर्ने विषयमा विवाद भएको थियो। छठपूजाकै दिन त्यहाँ झडप पनि भएको थियो। यद्यपि प्रहरीले त्यो दिन विवाद साम्य पार्न सफल भएको थियो। 

सोही विषयलाई लिएर फेरि शनिबार मुस्लिम र हिन्दु समुदायबीच विवादले उग्र रूप लिएर  झडप भएको छ। झडपका क्रममा ३ प्रहरीसहित ४ जना घाइते भएका छन्। घाइते हुनेहरुमा एक जना नेपाल प्रहरी, २ जना सशस्त्र प्रहरी र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। 

 एक घाइते प्रहरीको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जनभन्दा बढी राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ।

यता जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति व्यवस्था कायम राख्न २४ घण्टाका लागि निषेध आदेश लगाएको छ। जिप्रका धनुषाले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि आईतबार दिउँसो २ बजेसम्म लागू हुने गरी निषेध आदेश लगाएको हो।

Laxmi sunrise bank
kumari

पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म लागू हुने गरी निषेध आदेश लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। 

प्रकाशित: Nov 13, 2021| 17:01 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।