काठमाडौं- नेकपा एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदैछ।
शनिबार काठमाडौंमा आयोना भइरहेको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदैछ। २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिवमा भूपराज खड्का चयन हुने भएका छन्।
कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार नेपाल र प्रचार विभाग संयोजक जगन्नाथ खतिवडालगायत पुगेका छन्।
तत्कालीन नेकपा (एमाले) विभाजन भएपछि एकीकृत समाजवादी गठन भएको थियो। पार्टी विभाजनसँगै एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल पनि टुक्रिएको थियो।
प्रेस चौतारी टुक्रिएपछि समावादी प्रेस संगठनको तदर्थ समिति घोषणा भएको थियो। तदर्थ समितिका संयोजक श्रेष्ठ नै अध्यक्ष बनेका हुन्।