शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १०औं महाधिवेशनका लागि देशभर १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै एमाले

१०औं महाधिवेशनका लागि देशभर १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै एमाले

नेकपा एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- नेकपा एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ।

एमालेसँग हाल देशभर ८ लाख १० हजार संगठित सदस्य छन्। त्यसमध्येबाट प्रतिनिधि छनोट गरिनेछ। एमालेले देशभरबाट १ हजार ९ सय ९९ प्रतिनिधि छनोट गर्न लागेको हो।

आज छनोट हुने प्रतिनिधिले नै पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने छन्। एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गरेका छन्। शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताएका छन्।

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले धेरै ठाउँमा सहमती मै महाधिवेशन प्रतिनिधिको छनोट हुने बताएका छन्। 'धेरै ठाउँमा सहमतिमै प्रतिनिधि छानिनु हुन्छ। भए पनि केही ठाउँमा मात्रै चुनाव होला। अन्य तहमा पनि अधिकांश स्थानमा सहमतिमै निर्वाचन सम्पन्न भएको छ', उनले भने।

प्रकाशित: Nov 13, 2021| 09:47 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...