काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्न लागेको छ।
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शनिबार बिहान ९ बजे बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय समितिको एजेण्डा तय गर्नेबारे छलफल हुने बताइएको छ।