शुक्रबार, भदौ ५, २०८३

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे ललितपुरस्थित हेरिटेट पार्टी प्यालेसमा बस्ने छ ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे ललितपुरस्थित हेरिटेट पार्टी प्यालेसमा बस्ने छ ।

उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ। आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ। बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची रहेको छ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो।

प्रकाशित: Nov 13, 2021| 09:21 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...