शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार न्यायालयको समस्या चाँडो समाधान होस् भन्ने पक्षमा छ : कानुनमन्त्री बडु

सरकार न्यायालयको समस्या चाँडो समाधान होस् भन्ने पक्षमा छ : कानुनमन्त्री बडु

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयभित्रको समस्या चाँडोभन्दा चाँडो समधान होस् भन्ने पक्षमा सरकार रहेको बताएका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयभित्रको समस्या चाँडोभन्दा चाँडो समधान होस् भन्ने पक्षमा सरकार रहेको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानले तोकेको सीमालाई सम्मान गरेर न्यायलय भित्रको समस्या न्यायालयभित्रै समधान हुनुपर्ने बताएका हुन्। 

‘संविधानले तोकेका सिमालाई हामीले सम्मान गर्छौं। यो सीमाभित्र रहेर समस्याको समधान हुनुपर्छ। यो स्वतन्त्र न्यायपाललिकाको समस्या हो। त्यसैले सम्बद्ध सबै पक्ष बसेर टुंग्याउनुपर्छ,’ उनले भने। न्यायालयभित्रको समस्या लम्बिरहँदा जनताको न्याय पाउने अधिकार कुण्ठित भइरहेको उनको भनाइ छ।

‘सेवाग्राहीले न्याय नपाउँदाको परिस्थितिमा उनीहरुको सरोकार बढ्छ। जनताको समस्याको विषय त सरकारको पनि सरोकारको विषय बन्छ,’ उनले भने, ‘त्यसैले छिटो समाधान गर्न आग्रह गरेका छौं। न्याय क्षेत्रको समस्या सरकारले टुलुटुलु हेरेर बसेको छैन। छिटो समधान होस् भन्ने हाम्रो अपेक्षा छ। बेन्च र बार बसेर छिटोभन्दा छिटो समधान गर्नुपर्छ।'

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा कानुन व्यवसायीहरू चरणबद्ध आन्दोलनामा छन् भने सर्वोच्च अदालतकै न्यायाधीशहरूले समेत बारको आन्दोलनमा समर्थन जनाएका छन्। बार र बेन्चको आन्दोलनका कारण सेवाग्राही भने मारमा परेका छन्।  

प्रकाशित: Nov 12, 2021| 17:22 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...