शुक्रबार, भदौ ५, २०८३

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन्। 

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरूलाई कम्तीमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदानको सिस्टमबारे जानकारी गराएका थिए।

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुने छन्। त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदैछ।

प्रकाशित: Nov 12, 2021| 14:55 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...